श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको तयारी तिब्र

दाङ । घोराही उपमहानगर पालिका वडा नं. १७ गुलरियास्थित शिवपार्वती तथा राधाकृष्ण मन्दिर परिसरमा २०७९ साल बैशाख १ गतेदेखि ८ गते सम्म हुन थालेको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञबारे आज विभिन्न राजनीतिक दलहरु संग छलफल गरिएको छ ।

श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ मुल आयोजक समितिका अध्यक्ष रमेश कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सचिवालय समितिका सह(संयोजक डा. हिमलाल पन्थिले जानकारी दिएका थिए । संस्कार–गृह निर्माणका लागि महायज्ञलाई सफल बनाउन सबैको भुमिका आवश्यक रहेकाले राजनीतिक दलहरु संग सल्लाह सुझाव तथा सहयोग गरिदिन आग्रह गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले दाङका सचिबालय सदस्य बिबेक श्रेष्ठ, नेपाली काङ्ग्रेस दाङका सभापती शंकर डागी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम, नेकपा (एस)का प्रतिनिधि राम प्रसाद चौधरी, राप्रपा नेपालका प्रतिनिधि भोलानाथ योगि, जनमोर्चाका प्रतिनिधि सडानन्द खनाल लगायत सबैले हामी र हाम्रो पार्टीको साथ सहयोग कुन ठाउँ र के आवश्यक पर्छ जानकारी भएसम्म कुनै पनि ठाउँमा पछि नपरी तपाईहरु संग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमको विषय बस्तु माथी सचिवालयका संयोजक हरिप्रसाद पान्डेयले प्रकाश पारेका थिए । संस्कारगृह निर्माण र सन्चालनको लागि पहल थालेको आयोजक समितिले जनाएको छ । महायज्ञमा भागवतचार्य गुरुदेव पन्डित श्री कोमल उपाध्यायबाट संगीतमय कथा वाचन हुने मुल आयोजक समितिका सचीव एवं प्रचारप्रसार उप समितिका संयोजक कमल ओलीले जानकारी दिएका छन् भने कार्यक्रमको सहजीकरण सचिवालयका महासचिव शरद कुमार शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस