दलित माथी हुने उत्पिडन बिरुद्ध उत्रन आव्हान

गढवा । दलितहरु माथी हुने जातिय बिभेद र उत्पिडनका बिरुद्ध संघर्ष गर्न राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्माले आव्हान गरेका छन् । शनिबार देउखुरीको गढवामा दलित शसक्तिकरण अभियानको केन्द्रिय कार्यालयले आयोजना गरेको दोश्रो बार्षिक साधारणसभाको उद्घाटन गर्दै बिश्वकर्माले यस्तो बताए ।
कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष बिश्वकर्माले नेपालको संबिधानले दलितहरु माथी हुने अन्याय र बिभेदको अन्त्य गरेको भएपनि दलितहरु माथी सदियौंदेखि अन्याय, अत्याचार र सामाजिक बिभेद हुने गरेको भन्दै कानुन कार्यान्वयनको पक्षमा राज्य गंभिर हुनुपर्ने बताए । सरकारले दलितहरुलाई ६० बर्ष पुगेपछि भत्ता दिने र राज्यका हरेक निकायहरुमा प्रतिनिधित्व गराउने नीति लिएपछि केहि हदसम्म दलित वर्गको शसक्तिकरण हँुदै आएको र उत्पिडन र बिभेद्मा केही सुधार भएको अध्यक्ष बिश्वकर्माले बताए ।
दलित शसक्तिकरण अभियानका अध्यक्ष बेगम गहतराजको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले दलित वर्गको हक, हित र अधिकारका लागि स्थानीय सरकारले बजेट र कार्यक्रमहरु बितरण गर्दै शसक्तिकरणमा टेवा पु¥याएको बताए । कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी, नेपाल उत्पिडीत जातिय मुक्ती समाज दाङका अध्यक्ष मानबहादुर बिक, जनता समाजवादी दाङका उपाध्यक्ष जगतराम यादव, नेकपा एकिकृत समाजवादी क्षेत्र नं. १ का संयोजक रामप्रसाद गैरे, गढवा गाउँपालिका वडा नं. १ का अध्यक्ष बाबुराम अधिकारी, नेपाली काँगे्रस गढवाका सभापति किरण पौडेल, एमाले गढवाका सचिवालय सदस्य भानु यादव, जनता समाजवादी पार्टीका महबुव अली, वडा सदस्यहरु गोबिन्द ओली, कमला नेपाली, निर्मला परियार, साबित्रा गहतराजलगायतले बोलेका थिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष जया बिश्वकर्माले आर्थिक प्रतिवेदन र अध्यक्ष बेगम गहतराजले संस्थागत प्रतिवेदनका साथमा भावस् रणनीति सहितको कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थाले देउखुरीको गढवामा केन्द्रिय कार्यालय राखी बिभिन्न जिल्लाहरुमा शाखा बिस्तार गर्ने, स्थानीय, प्रदेश र केन्द्र सरकारसँग पहल गरि दलितहरुलाई बिभिन्न आयमुलक र सिपमुलक कार्यक्रमहरु संचालन गरि दलित वर्गका नागरिकहरुलाई स्वाबलम्बन र स्वरोजगार बनाउने, दलितहरुको आर्थिक र सामाजिक शसक्तिकरणमा बहस पैरवी गर्दै राज्यका हरेक निकायहरुमा प्रतिनिधित्वलाई सुनिश्चित गर्ने लगायतका महत्वपूर्ण कार्यक्रमहरुलाई सकृयता साथ अगाडी बढाउने अभियानको लक्ष्यका साथ कार्यक्रमहरु परित गरेको अध्यक्ष गहतराजले जानकारी दिए ।
अभियानका उपाध्यक्ष चन्द्रबहादुर नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव दुर्गाबहादुर सुनारले गरेका थिए ।