महिला तथा सिमान्तकृत समुदायको पहुँच बारे छलफल

दाङ । स्थानीय निर्वाचनमा महिला तथा सिमान्तकृत समुदायको पहुँच बारे नागरिक र सञ्चारकर्मी बिच छलफल गरिएको भएको छ । ग्रामीण महिला उत्थान केन्द्रको आयोजनामा गरिएको छलफलमा सामाजिक तथा आर्थिक क्षेत्रमा महिला तथा सिमान्कृत समुदायको भुमिका बढ्दै गएपनि राजनीतिक रुपमा यो समुदायको पहुँच अझै बढ्न नसकेको पाईएको छ ।

कुल जनसंख्याको अनुपातमा महिलाको संख्या भएपनि मुख्य पद वा कार्यकारी पदमा उपस्थिति हुन नसक्नु समानुपातिक सहभागिता विपरीत भएको ठहर गरिएको छ ।

जिल्लामा रहेका राजनीतिक दलहरुले अहिले पनि प्रमुख पदमा पुरुषलाई अघि सारेको पाईएको छ भने उपप्रमुख वा अन्य पदमा मात्रै महिलाको समावेशी समानुपातिक सिद्धान्तलाई पूर्ण कार्यान्वयन गर्न सबै राजनीतिक दलहरुको व्यवहारिक प्रतिवद्धतासँगै नागरिक समाजको खबरदारी आवश्यक रहेको आवश्यकता औल्याईएको छ ।

लैंगिक समानताका कुरालाई व्यवहारिक कार्यान्वयन गराउन पहिचानसहित अधिकार स्थापित गराउँदै अगाडि सार्न पर्नेमा जोड दिईएको छ । केन्द्रका कार्यक्रम संयोजक एचबि थापाले विषय प्रवेश गराएको कार्यक्रममा पत्रकार लक्ष्मी आचार्यले आधार पत्र प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगी, नेकपा एमालेका विवेक श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, जनमुक्ति पार्टीका जितबहादुर बुढाले आधार पत्रमाथि टिप्पणी गर्दै स्थानीय निर्वाचनमा महिला र सिमान्तकृत समुदायको भुमिका र उपस्थिति बढाउन दलका तर्फबाट प्रतिवद्धता जनाए । उनीहरुले अहिले पनि जनप्रतिनिधिका रुपमा ४२ प्रतिशत महिलाको उपस्थिति रहेकाले अब अर्थपूर्ण रुपमा सहभागीता बढाउने गरि अघि बढ्न राजनीतिक दलका तर्फबाट अग्रसर हुन लक्षित समुदायको पहुँच बढाउँदै अवसर दिन जरुरी रहेको बताए ।

यस्तै, कार्यक्रममा अपांगताका तर्फबाट रामशंकर यादव, अधिकारकर्मी विनोद केसी, माया पोख्रेल, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष सुशीला पौडेल, घोराही १७ कि वडा सदस्य रेमन्ता पुन, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण पैरवी अधिकृत शिवा चौधरीले गरिकी थिइन् ।

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस