तुलसीपुरमा पूर्व राजा वीरेन्द्रको सालिक स्थापना

दाङ ।  दाङको तुलसीपुरमा पूर्व राजा बिरेन्द्रको अर्धकदको सालिक स्थापना गरिएको छ । तत्कालीन माओवादीले २०६२–०६३ को आन्दोलनको समयमा तुलसीपुरको वीरेन्द्र चोकमा रहेको पूर्व राजा वीरेन्द्रको सालिक तोडफोड गरेको थियो । करिब १६ वर्ष पछि पुन : बिरेन्द्र चोकमा बिरेन्द्रको सालिक स्थापना गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका ५ को आह्वानमा मेटिएको इतिहासलाई बचाउने प्रयास गरिएको वडाध्यक्ष बिरेन्द्र शाहले बताए । आफूहरू जनप्रतिनिधि आइसकेपछि वडा सरकारबाट निर्णय गराएर बिरेन्द्र चोकमा बोर्ड राख्यौ, सोही अनुरूप मूर्ति स्थापना गर्न सफल भएको भन्दै यसमा सरकार कुनै पनि लगानी नभएको उल्लेख गरे । उनले केही सहयोगी व्यक्तिहरूको झण्डै ३ लाख बराबरको लगानीमा मूर्ति स्थापना गरिएको र यसको एकमुष्ट रकम केही दिनमा सार्वजनिक गर्ने बताए ।

वडाध्यक्ष शाह नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । त्यहाँबाट सालिक गाडिएको अवस्थामा हालको राप्ती प्रादेशिक अस्पताल परिसरमा अवस्थामा भेटिएको थियो । त्यो सालिक काम नलाग्ने भएपछि विरेन्द्र चौकमा सालिक राखिएको थिएन, भने नाम चाहिँ वीरेन्द्र चोकले चिन्थ्यो ।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस