हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय दाङको आग्रह
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले जिल्ला भित्र रहेका हतियार प्रशासनमा बुझाउन आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिको आज भएको निणर्यमा जिल्ला भित्र राखिएका हतियार चैत मसान्तसम्म सम्बन्धित निकायमा बुझाउन आग्रह गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सविता पुनद्वारा जारी बिज्ञप्तीमा २०७९ बैशाख ३० गते हुने निर्वाचनलाई भरपर्दाे र बिश्वसनीय बनाउन जिल्ला भित्र रहेका ईजाजत प्राप्त हतियार चैत अन्तीमसम्ममा नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरिएको छ ।
प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस