लुम्बिनीमा ३० प्रतिशत जनता अझै टुकीको भरमा

काठमाडौं । प्रदेशका सबै घरधुरीमा विद्युतको आपूर्ति पु¥याउने गरी लुम्बिनी प्रदेशलाई आगामी पाँच वर्षभित्र उज्यालो प्रदेश बनाइने भएको छ । प्रदेश सरकारको ऊर्जा तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गरी प्रदेशलाई २०८३ सालभित्र उज्यालो प्रदेश बनाउने लक्ष्यसहित उज्यालो प्रदेशको अवधारणा सार्वजनिक गरेको हो ।

प्रदेशमा हाल ३० प्रतिशत घरधुरीमा विद्युत पुग्न नसकेको र कार्यक्रम कार्यान्वयनमा ल्याउन करिब तीन अर्ब रुपैयाँ बजेट खर्च हुने ऊर्जा तथा सिंचाई मन्त्री वीरबहादुर रानाले बताए ।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी रुकुम पूर्वमा ८७।७५ प्रतिशत विद्युतीकरण हुन बाँकी रहेको छ । यस्तै रोल्पामा ५८.१४, गुल्मीमा २०.६०, पाल्पामा २०ं.१०, कपिलवस्तुमा १८.८८, बाँकेमा १७.५२ विद्युतीकरण हुन बाँकी रहेको छ ।

यस्तै नवलपरासी पश्चिममा १४.९२, दाङमा १३.९२, रुपन्देहीमा १२.५३, प्युठानमा ९.४७, अर्घाखाँचीमा ९.१९ र बर्दियामा ४.९२ प्रतिशत घरधुरीमा विद्युतीकरण हुन बाँकी रहेको मन्त्रालयका सचिव दीपक घिमिरेले बताए ।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस