आज ५ बजेदेखि बिहान ६ बजेसम्म यातायात कार्यालयका सबै सेवा बन्द
काठमाडौं । यातायात व्यवस्था विभागले बुधबार (आज) बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म यातायात कार्यालयहरूबाट प्रदान गरिने सबै सेवा बन्द गर्ने जनाएको छ। विभागले सूचना जारी गरी सर्भरहरूको विद्युत् आपूर्ति प्रणालीको युपिएस परिवर्तन गर्नुपर्ने भएकाले सबै सेवा बन्द गरेको जनाएको छ।
बिहान ६ बजेपछि सेवा पुन: सञ्चालन हुने विभागका प्रवक्ता डा.लोकनाथ भुसालले जानकारी दिए। विभागले यसअघि सूचना जारी गरी अनिश्चितकालका लागि कार्यालयकाा सबै सेवा बन्द गर्ने बताएकाे थियाे। पछि फेरि विभागले सूचना सच्याएर ६ बजेसम्मका लागि कायम गरेको हो।
प्रकाशित मिति : २०७८ चैत्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस