खाजा खर्च कटाएर मानव सेवा आश्रममा सहयाेग

दाङ । तुलसीपुर २ बालापुर दाङ कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुले मानव सेवा अाश्रम तुलसीपुरमा गएर अाश्रम अवलोकनका साथै अाफ्नाे खाजा खर्चबाट कटाएर उठाएकाे थाेरै रकमले किनेका केही भान्छाका लागि चाहिने सामग्रीहरु वितरण गरेका छन् । सेवा नै धर्म हाे भन्ने भावना संगालेर अाफूले त्यस्ताे सहयाेग गरेकाे विद्यार्थी साजन गिरीले बताए ।

यसरी बाल्य अवस्थामा पनि धर्म प्रतिकाे सहानुभूति देखाएकाेमा अाश्रम सन्चालक उर्विण सापकाेटाले विद्यार्थीकाे खुलेरै प्रशंसा गरे ।

शिक्षक बासुदेव अाचार्यले विद्यार्थीलाई नयाँ कुराकाे अनुभूति गराउन र समाज सेवाकाे भावनाका साथसाथै विद्यार्थीमा सकरात्मक साेचकाे विकास गराउनकाे लागि अाश्रम अवलाेकन गराएकाे जानकारी दिए ।

प्रकाशित मिति : २०७८ चैत्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस