काठमाडौंमा पक्राउ परेका ठेकेदार पाण्डे दाङ ल्याइयो

दाङ । काठमाडौंमा पक्राउ परेका ठेकेदार अनुप पाण्डेलाई दाङ ल्याइएको छ । ठगी मुद्दाको आरोप लागेका तुलसीपुर घोराही चार लेन सडकका ठेकेदार पाण्डेलाई हिजो काठमाडौंमा पक्राउ गरेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पाण्डेलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको जानकारी दिए ।

घोराही उपमहानगरपालिका १५ भरतपुर निवासी ब्यबसायी तथा नेकपा एमाले दाङका जिल्ला कमिटी सदस्य गेहेन्द्र बस्नेतले ठेकेदार पाण्डे बिरुद्ध गत माघमा १ करोड ४४ लाख ठगी गरेको भन्दै उजुुरी दिएका थिए ।

बस्नेत बाहेक जिल्ला प्रशासन कार्यालयमा थप १६ जनाले झन्डै ६ करोड ठगी गरेको आरोपसहित जाहेरी दिएका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस