४२औँ दिनमा उल्टो हिडेर दाङ आइपुगे ऋषी परियार

दाङ । मेची–महाकाली उल्टो पैदल यात्रा हिँडेका दाङका ऋषि परियार ४२ औँ दिनमा दाङ आई पुगेका छन । स्वास्थ्यका लागी उल्टो पैदल यात्रा भन्ने नाराका साथ गत माघ १५ गते झापाको काँकडभिट्टाबाट उल्टो यात्रा शुरु गरेका परियार शुक्रबार बेलुका दाङको धानखोला आइपुगेका हुन ।

तुलसीपुर उपमहानगरपालिका ३ घर भएका परियारले स्वास्थ्यका लागि हिँड्नुपर्छ भन्ने सन्देश दिन मेची महाकाली उल्टो पैदल यात्रा गरेका थिए । उनी शुक्रबार धानखोलामै बास बसेका थिए ।

यस्तै अबको करिब २२ दिनमा महाकाली पुग्ने लक्ष्य रहेको उनको भनाई छ । उनले दुई पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखाइसकेका छन । सन् २०२० जनवरी २१ मा जम्पिङ जक्समा उनको नाम छ ।

एक मिनेटमा १ सय २३ पटक जम्प गरेका थिए । त्यस्तै, इजिप्टका नागरिकले ३० सेकेन्डमा ५४ पटक लाठी घुमाएको रेकर्ड उनले ५७ पटक गरेर तोडेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस