दाङ जिल्ला ईसाई समुदायको अध्यक्षमा पुनः घर्ती चयन

दाङ । दाङ जिल्ला ईसाई समुदायको दोस्रो साधारण सभा तथा अधिवेसन आज घोराहीमा सम्पन्न भएको छ । समाजका अध्यक्ष सन्तबहादुर घर्तीको अध्यक्षता तथा समुदायका संस्थापक अध्यक्ष वरिष्ठ पाष्टर नरबहादुर शाहको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । अधिवेशनमा समुदायका निवर्तमान अध्यक्ष जिवन गुरुङ, रेबरेन पास्टर शालिकराम शाहु तथा समुदायका पालिकास्थरका अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए ।

समुदायका उपाध्यक्ष मनोज बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव टोपबहादुर महतराले गरेका थिए । यस्तै समुदायको अध्यक्षमा पुनः सन्तबहादुर घर्तीलाई चयन गरिएको छ । अभिवेशनले उपाध्यक्षमा उदय शोर्णकार, महिला उपाध्यक्षमा सिता शाह, सचिवमा सुभाष नेपालीलाई चयन गरिएको छ ।

यस्तै सहसचिवमा दिलिप ताम्रकार, कोषाध्यक्षमा जयप्रकाश घर्ती र सन्देश शाहलाई चयन गरिएको छ । यस्तै आज ७ जना पदाधिकारी चयन गरिए पनि थप सदस्यलाई भने समाजको अर्काे बैठकले मनोनित गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस