सीपसंगै प्रविधि पाउँदा स्थानीय खुसी

गढवा । गढवा ५ का चन्द्रबहादुर नेपाली पेशाले सिलाई ब्यवसायी हुन् तर ग्राहकले कोट सिलाउन अर्डर गरे भने फर्काउनु पर्ने बाध्यता थियो । दुई महिनाको एड्भान्स सीप सिकेपछि अब उनले सजिलैसंग दौरा, सुरुवाल र कोट सिलाउन सक्ने भएको बताए । सिलाई कटाई पसल संचालन गरेको धेरै बर्ष भयो तर कोट सिलाउने ग्राहक आएभने लमही जानुस् भन्नुपर्ने बाध्यता थियो । राम्रोसंग कोट सिलाउन सकिदैनथ्यो । घरेलुले दिएको २ महिने एड्भान्स तालिमले राम्रोसंग कोट सिलाउने र कटिङ गर्नसक्ने बनाएको छ–गढवा बजारमा सिलाई पसल संचालन गर्नुभएका भोला टेलर्सका प्रोपाइटर एकाबहादुर दमाईले भने । त्यसो त गढवा ६ मनिकापुरकी सुन्तली नेपाली र गढवा ५ निवासी देवा परियारले पनि एड्भान्स तालिम लिएपछि अब सजिलैसँग कोट, चोली, पाइण्ट र दौरा सुरुवाल सिलाउन सक्ने भएको बताए ।

हामीलाई घरेलु कार्यालय र गाउँपालिकाले सीप त सिकायो नै त्यसमा पनि मसिन र आइरन लगायतका सामानहरु पनि दियो । सीपसँगै प्रविधिसमेत पाएका छौं गढवा ६ निवासी बलबहादुर नेपालीले भने । उनहरुलगायत २ महिनासम्म एड्भान्स तालिम सिकेका १९ जना दलित वर्गका सिलाई ब्यवसायीहरु सीपसँगै प्रविधि पाउँदा खुसी भएको बताए । कोट, वेष्टकोट, ज्वारी, दौरा र सुरुवाल सिलाउन अब ग्रहकलार्य लमही पठाउनु पर्दैन, हामी आफैले सिलाउन दक्ष भएका छौ सिलाई तालिम लिएका सबैले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय दाङले भगत सबृजित सिप बिकास कार्यक्रम अन्तर्गत २ महिने एड्भान्स सिलाई कटाई सिकाएर मसिन समेत प्रदान गरेको हो । सीपसँगै प्रविधि पाउँदा स्थानीय खुसी भएका छन् । गढवा गाउँपालिकाको समनवय र सहकार्यमा १९ जना सिलाई पसल संचालन गरेका दलीतहरुलाइ सिलाई कटाईमा दक्ष बनाउन सीप बिकास तालीम संचालन गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए ।

यसैबिच घरेलु तथा साना उद्योग कार्यालय दाङका कार्यालय प्रमुख उमबहादुर वलीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आचिथ्य र वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालको बिशिष्ट आतिथ्यमा दुई महिने एड्भान्स सिलाई कटाई तालिम शुक्रबार समापन गरिएको छ । कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका दिनमणी आचार्य, तालिमका सहभागी चन्द्रबहादुर नेपाली, स्थानीय समाजसेवी रेशम शाही र प्रशिक्षक बुद्धिराम नेपाली लगायतले बोलेका थिए । कार्यक्रमको संचालन कार्यालयका अधिकृत बिक्रम केसीले गरेका थिए । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयले तालिमका सहभागी सबैलाई ४ लाख २ हजार बराबरका सिलाई मसिन र आइरन लगायतका प्रविधि समेत हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस