सरफ बनाउने तालिम सुरु

तुलसीपुर । तुलसीपुरमा सरफ बनाउने तालिम सुरु भएको छ । सामाजिक रुपान्तरणका लागि हाम्रो अभियान दाङको आयोजना र तुलसीपुर उपमहानगरपालिका कार्यालयको आर्थिक सहयोगमा मावि सेन्टरको हलमा तालिम सुरु भएको हो । ८ दिने लक्षित कार्यक्रम अन्र्तगत सरफ वनाउने तालिमको एक कार्यक्रमका बिच उदघाटन गरिएको छ ।

सामाजिक रुपान्तरणका लागि हाम्रो अभियान दाङका अध्यक्ष भीमवहादुर विश्वकर्माको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका १२ का वडा अध्यक्ष सूर्यबहादुर डाँगीको प्रमुख आथित्यता तालिमको उद्घाटन गरिएको हो ।

कोभिड १९ माहामारीलाई ख्याल गरि २० जनाको दरले छुट्टाछुट्टै हलमा राखी ४० जनालाई तालिम दिईएको छ । तालिमको प्रशिक्षकहरुमा विष्णु थापा र दिपा केसी रहेकी छिन् ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस