रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले ज्येष्ठ किसानलाई पेन्सन दिने

दाङ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले ज्येष्ठ किसानलाई मासिक रुपमा पेन्सन दिने भएको छ । गाउँ सभा तथा गाउँ कार्यपालिकाको बैठकले ज्येष्ठ किसानलाई प्रति महिना ५ सय रुपैयाँ पेन्सन दिने निणर्य गरेको हो । गाउँपालिकाले कार्यविधि बनाएर पेन्सन कार्यक्रमको सुरुवात गर्न लागेको जनाएको छ ।

चालुआर्थिक वर्ष ०७८÷०७९ को साउन १ गतेदेखि लागू हुनेगरी किसानलाई हरेक महिना पेन्सन दिने निणर्य गरिएको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले बताए । गाउँपालिकाले ५५ वर्ष पूरा भइ ६० वर्ष नपुगेका दलित किसानलाई पेन्सन दिने जनाएको छ ।

गैर दलितको हकमा ६० वर्ष पूरा भइ ७० वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । गाउँपालिकाका अध्यक्ष केसीले एक घरबाट एक जनाले मात्र पेन्सन पाउने व्यवस्था गरेको बताए । पेन्सन प्राप्त गर्नका लागि सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित सम्पर्क गर्न वडा नम्बर ३ का वडाअध्यक्ष चन्द्रबहादुर केसीले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस