दाङमा कालिज पालनमा युबा आकर्षक बढ्दो

दाङ । दाङमा पछिल्लो समय धेरै जसो युवाहरुले कालिज पालन ब्यबसाय अंगाल्न थालेका छन । थोरै लगानि मेहनत कम र फाइदा धेरै हुने देखेपछि धेरै जसो युवा कालिज पालन तिर लागेका हुन । पछिल्लो समय कालिजको बजार माग पनि राम्रो हुँदै गएकाले यो ब्यबसायको आकर्षण बढ्न थालेको छ । दाङका दुई युवा २९ बर्षिय सन्दिप लम्साल र २३ बर्षिय मेघराज खड्का अहिले कालिज पालनमा भविष्य देखेर ब्यबसायिक रुपमा लाखौ रुपैयाँ लगानी गरि कालिज पालन ब्यबसाय सुरु गरेका छन् ।

दाङको घोराही उपमहानगरपालिका वडा नं. १२ डाडा गाँउमा सन्दिप लम्सालले गरेको समृद्धि कालिज फाम पछिल्लो समय निकै फष्टाउँदै गएको छ । युटुवमा हेरेर यो ब्यबसाय गर्ने प्रेरणा मिलेका सन्दिप यो ब्यबसायबाट निकै सन्तुष्ट मिलेको बताए । तर जिल्लामा रहेका विभिन्न किसिमका कृषकहरुलाई सरकारको तर्फबाट केहि पनि सहयोग नमिलेको बताए । आफुले १५ लाख लगानीबाट सुरुगरेको उक्त ब्यबसायमा अनुदान नपाएकोे बताए । राजनीतिक पहुँचको भरमा जो बास्तिबिक किसान हो उसको हातमा एक रुपैयाँ पनि नपर्ने भएकाले आफुले पनि अनुदानको लागि प्रकृया समेत नचालेको कृषक सन्दिपको भनाई छ ।

कालिज पाल्न सजिलो घाम पानी केहिले पनि असर नगर्ने बोसो कम हुने कारणले मुटु रोगीहरुको लागि निकै फाइदाजनक रहेकोले यसको बजार माग बढेको किसानको भनाई छ । औषध आयु ५ बर्ष हुने कालिज बिक्री अबस्थामा आउन करिव ८ देखि ९ महिना लाग्ने गर्दछ । आफु यो ब्यबसायमा लागेका कारण अन्य युवाहरुलाई पनि बैदेशिक रोजगारमा गएर रगत पसिना बगाउनुभन्दा आफ्नै देशमा कृषि पेसा भए पनि गरेर बस्न सुझाव किसानहरुको छ ।

यस्तै रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ सोलाबाङका मेघराज खड्का सानैदेखि बुवाले गरेको खेती हेर्दै हुर्किएका ब्यक्ति हुन् । पारिवारीक बातावरण पनि कृषि पेशानै भएका कारण मेघराज पनि कालिज पालन मार्फत कृषि पेसामा नै लागे । अस्ट्रेलियाको भिसा लागेको थियो जाने तयारी हुँदै गर्दा कोरोना महामारी सुरू भयो । भिसाको म्याद गुज्रियो त्यसकारण केही समय तनाव पनि भयो र मेघराजको मनमा अब यतै केहि गर्छु भन्ने सोच आयो र उनले कालिज पालनमा लाग्गे । घोराही बजारदेखि करिब ४ किलोमिटर दक्षिणमा रहेको घोराही उपमहानगरपालिका १७ को कर्जाही क्षेत्र यो ठाउँमा विश्वकै अग्लो त्रिशूल स्थापना गरिएको छ । प्राचिन र धार्मिक मन्दिर धारापानी जाने बाटोमै पर्छ । त्यहि बाटोमै उनले दुई बिघा जमिन पाए र दश वर्षका लागि भाडामा लिएर आफ्नै नामबाट एम के मल्टिपर्पाेज प्रालि दर्ता गरी उक्त ब्यबसायमा होमिएका हुन् ।

हामी जस्ता युवा देशमै केहि गर्नुपर्छ भन्ने सन्देश पनि उनले अन्य युवालाई दिए । कालिजलाई जंगली चराको रुपमा लिइने भएकाले नेपालको एैनमा यसलाई पनि पालन तथा प्रजनन् गराई बिक्री बितरण गर्न पाउने भनिएको भएता पनि अहिलेसम्म त्यो कार्यान्वयनमा नआएको जिल्ला वन कार्यालय दाङले बताएको छ । निकट भबिष्यमा घरेलु तथा साना उद्योग संगको सहकार्यमा विभिन्न किसिमका तालिम तथा अनुदान आउने वन कार्यालयले जानकारी दिएको छ । अन्य कृषि पेशा जस्तै कालिज पालनलाई पनि बढावा दिदै अहिले जुन युवाहरुको आकर्षण बढ्दै गएको छ त्यसलाई निरन्तरता दिन सरकारले महत्वपूर्ण भूमिका खेल्ने हो भने पक्कै पनि यो ब्यबसाय रहरको लागि मात्र नभएर किसानको आएस्रोतको बाटो पनि बन्ने छ ।

त्यसैले सम्बन्धित निकायले यो ब्यबसाय प्रति ठोस् योजना ल्याउन जरुरी छ ।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस