तुलसीपुर खानेपानीको निर्वाचन : १२ बजेसम्म १५ सय बढी मत खस्यो

दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नेतृत्व चयनका लागि भएको मतदानमा अहिलेसम्म १५ बढी मत खसेको छ ।

निर्वाचन समितिका संयोजक पुष्कर भण्डारीका अनुसार १२ बजेसम्म १५०७ मत खसेको छ । मतदान प्रकृया बिहान साढे ७ बजेबाट सुरु भएको थियो । अपरान्ह साढे ४ बजेसम्म मदानको समय तोकिएको छ । मतदाता संख्या ७ हजार ४ सय ६७ रहेको निर्वाचन संयोजक पुष्कर भण्डारीले जानकारी दिए ।

मतदानको लागि १२ वटा बुथ रहेको र ९ वटा सिस्टमकाले मतदान गर्ने छन् । मतदान स्थल तुलसीपुरको अरिनीको मैदान रहेको छ ।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस