सरसफाई सन्देश दिदै मैनादेवि फउण्डेशन
गढवाा । कराँते र तेक्वान्दो खेल्ने सेतो ड्रेसमा सजिएका बिद्यर्थीहरुको हुल बिहानै आठबजे गढवास्थित इलाका प्रहरी कार्यालय अगाडी जुट्यो । कसैले कुचो समाएको त कसैले डोका र ब्यानर समाएका थिए । एकैछिन पिछ प्रहरी कार्यालयबाट पनि सुरक्षाकर्मीहरुको जमात कुचो समाएर निस्कीयो । सोही कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्षलगायतको टोली, गढवा गाउँपालिकका वडा नं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमाल, गढवा खानेपानी संस्थाका अध्यक्षलगायतको टोली, तथा गढवा तेकवान्दो डोजाङका संचालक प्रशिक्षक किरण पौडेल र पत्रकारहरुको सहभागिता देखियो । बजारको चौराहाबाट स्थानीय ब्यवसायीहरुले मसिनरी नियाली रहेका थिए । यसैबिचमा टोलीले इलाका प्रहरी कार्यालय गेटनिरबाट सडकका दुवै साइडमा सरसफाई अभियान सुरु ग¥यो ।
प्रसंग हो–हाम्रो दाङ हाम्रो सान, सरसफाई हाम्रो पहिचान भन्ने मुल नाराका साथ मैनादेवि फाउण्डेशन दाङले शुक्रबार बिहानै गढवा बजार सरसफाई गर्न थालेको दृष्यको । उक्त फाउण्डेशनले दाङले जिल्लाका सबै बजारहरु सरसफाई गर्ने अभियान सुरु गरेको इन्चार्ज अंकित खनालले बताए । अभियान अन्तर्गत बिहीबार देउखुरीको लमही बजार सरसफाई गरिएको छ भने शुक्रबार गढवा बजारमा सरसफाई गरिएको फाउण्डेशनले जनाएको छ ।
म बदलिन्छु अनि मात्र मेरो देश बदलिन्छ भन्ने अभियानका साथ देउखुरी उद्योग बाणिज्य संघको सहकार्यमा यो कार्यक्रम अगाडी बढाइएको छ । शुक्रबार गढवा उद्योग बाणिज्य संघ, स्थानीय सरकार, सुरक्षा निकाय, गढवा खानेपानी सरसफाई संस्था, गढवा र ज्ञानज्योति तेक्वान्दो डोजाङ तथा संचारकर्मीहरु सँगको समन्वय र सहकार्यमा गढवा बजार सरसफाई गरिएको छ । बजार क्षेत्रका ब्यवसायीहरुलाई आ–आफ्नो अगाडी सरसफाई राख्ने सन्देश प्रवाह गर्न जिल्लाभर यो अभियान संचालन गरिएको हो ।
गत वर्ष गढवा बजारमा वडा कार्यालयले पसल अगाडी फोहर जम्मा गर्न भनि केहि ब्यवसायिहरुलाई डष्टविन वितरण ग¥यो । तर अहिले एकाध बाहेक कसैको पसल अगाडी डष्टविन देखिन्नन् । आफ्नो पसल अगाडीको फोहर आफैले ब्यवस्थापन गर्न कुचो समाएर बजार बढार्न हिडेका वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालले ब्यवसायिहरुलाई आग्रह गरे । बिद्यार्थीहरुले एक दिन आएर बजार सफाई गरेर मात्र हुन्न । यो त ब्यवसायीहरुलाई खर्बदारी गरेको दृष्य हो । हामी सबै सरसफाईमा आफै जागरुक हुनु पर्दछ–हमालले भने । गाउँपालिकाको टे«याक्टरले फोहर उठाएर लैजाने ब्यवस्था गरेको छ । अब सबै ब्यवसायिहरुलाई आफ्नो पसल अगाडी अनिवार्य डष्टविन राख्ने अभियान संचालन गरि फोहर ब्यवस्थापन गर्ने योजनामा छौं गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढामगरले भने । बिद्यार्थीहरु त बजारबासीलाई सरसफाई सन्देश दिन आएका हुन । आफ्नो पसल र घर अगाडीको फोहर आफैले ब्यवस्थापन गर्नुपर्छ–नेपाली काँगे्रस गढवाका सभापति किरण पौडेलले भने ।
जिल्लाका सबै बजारहरुमा यसरी अभियान थालेर मैनादेवि फाउण्डेशन धन्यवादको पात्र मात्र होइन सामाजिक रुपमा आफु बदलिएर अरुलाई बदल्न सिकाऔं भन्ने गतिलो सन्देश प्रबाह गरेको स्थानीय जानकारहरु बताउँछन् ।