प्याब्सन दाङको अध्यक्षमा केसी

दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको पन्ध्रौँ अधिवेशनबाट मधुसुदन के।सीब अध्यक्षमा निर्विरोध चयन भएका छन् । मंगलबार दाङको घोराहीमा भएको अधिवेशनबाट केसी अध्यक्षमा चयन भएको निर्वाचन समितिले बताएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा विजय जिएम उपाध्यक्षमा चक्रबहादुर रावत र राजु यादव, सचिवमा आदिम केसी, कोषाध्यक्षमा पोषण न्यौपाने, सहसचिवमा डिआर भण्डारी, विकास रजौरे र सहकोषाध्यक्षमा टिम अधिकारी निर्विरोध चयन भएका छन् ।

त्यस्तै सदस्यमा विष्णुमणि देवकोटा, विमल अधिकारी, विजय गौतम, निमानन्द गैरे, विलोचन चौधरी, पुस्करदेव चौधरी, शर्मिला योगी, हरि वली, पार्वती भुसाल र कृष्णदेव पोख्रेल चयन भएका छन् । निर्वाचन समितिको संयोजकमा प्याब्सनका केन्द्रीय सदस्य यादव गिरी रहेका थिए भने सदस्यमा केन्द्रीय सदस्य केशव थापा र प्याब्सन दाङका सल्लाहकार विनयकुमार मिश्र रहेका थिए ।

प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस