जेलरसहित असई र हवल्दार विरुद्ध पक्राउ पूूर्जी जारी

दाङ । घोराही कारागारबाट कैदी भागेको प्रकरणमा जेलर, सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक र हवल्दार विरुद्ध पक्राउ पूूर्जी जारी भएको छ । कारागार प्रशासन र सुरक्षा संयन्त्रको चमर लापर्वाही देखिएको भन्दै जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्र सेन ठकुुरी र प्रहरी हवल्दार गणेशकुुमार थारुका नाममा पक्राउ पूूर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ ।

कर्तव्य ज्यान मुुद्धामा जन्मकैदको सजाय काटिरहेका राजपुर गाउँपालिका ३ घर भएका २९ बर्षिय यामराज परियारलाई उपचारका लागि अस्पताल लैजाने भनि मिलेमतोमा भगाईएको प्रहरीको निष्कर्ष छ ।

गत बुुधबार कारागारका नाईके परियारलाई उपचारका लागि प्रहरी जवान धनबहादुर चौधरीले लु ३४ प ४१० नम्बरको मोटरसाईकलमा लिएर गएका थिए । तर उनिहरु अस्पताल नगई २ जना महिलालाई लिएर होटलमा पुुगेका थिए ।

होटलबाटै कैदी परियार भागेका हुन् । प्रहरीले प्रहरी जवान चौधरी सहित कारागारका कार्यालय सहयोगी, ती दुुई जना महिला र होटल सञ्चालक यस अघि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७८ पुष १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस