सांसद शर्माद्वारा बुबाआमाको नाममा अक्षयकोष स्थापना

दाङ । प्रतिनिधि सभा सदस्य विष्णु शर्माले बुबा आमाको नाममा अक्षयकोष स्थापना गरेकि छिन । शिक्षाको विकासका लागि बुबा फनाधर पौडेल र आमा हिरादेवि पौडेलले देखेको सपना पुरा गर्नका लागि गंगा माध्यमिक विद्यालय रामपुरमा ‘फणाधर–हिरा पोख्रेल स्मृति अक्षय कोष’ स्थापना गरेको सांसद शर्माले जानकारी दिइन ।

हरेक वर्ष कक्षा कक्षा ७ मा उत्कृष्ट हुने १/१ जना छात्र छात्रालाई छात्रवृत्ती प्रदान गर्नेगरी ५० हजारको अक्षय कोष स्थापना गरेको सांसद शर्माले जानकारी दिइन । ‘बुबाआमाको सपना साकार होस् भन्ने उद्देश्यले मैले छात्रबृत्ती स्थापना गरेकी हुँ’, शर्माले भनिन, ‘मैले स्थापना गरेको छात्रवृत्तीले हरेक वर्ष २/२ जना विद्यार्थीहरु सुन्दर भविष्यको निर्माण हुनेछ भन्ने अपेक्षा गरेकी छु ।’

यता प्रतिनिधि सभा सदस्य नै छात्रवृत्तीको अक्षय कोष लिएर विद्यालय आउँदा आफूहरु हर्षित भएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक शशिधर न्यौपानेले विद्यालयले अक्षय कोषलाई व्यवस्थित बनाउने बताए । उनले हरेक वर्ष माघको महिनामा हुने विद्यालयको वार्षिकोत्सवमा २ जना विद्यार्थीलाई छात्रवृत्ती वितरण गर्ने बताए ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस