नेपाल बैंक दाङद्धारा विद्यार्थी र दम्पत्तीका लागि नयाँ बचत खाता सञ्चालनमा

घोराही । नेपाल बैंक लिमिटेडले विद्यार्थी र नयाँ दम्पत्तीहरुलाई लक्षित गरि नयाँ बचत खाता कार्यक्रम ल्याएको छ । बैंकको दाङ शाखाले सोही कार्यक्रमका बारेमा जानकारी दिन आज महेन्द्र बहुमुुखी क्याम्पस भरतपुरमा वित्तिय साक्षरताको कक्षा सञ्चालन गरेको छ ।

व्यवस्थापन तर्फ बिबिएसमा अध्ययनरत २ सय जना बढी बिद्यार्थीहरुको उपस्थितीमा बिद्यार्थीलाई लक्षित गर्दै ल्याएको शुभ ज्ञान बचत खाता तथा नयाँ दम्पत्तीह?का लागि ल्याएको सहयात्री बचत खाताको बारेमा र समग्र बित्तीय साक्षरताका विषयमा अभिमुुखिकरण गरिएको बैंकले जनाएको छ ।

बदलिदो समयमा बित्तीय कारोवार अनिवार्य र अपरिहार्य बन्दै गएकाले बित्तीय जानकारी सबैलाई हुनुुपर्ने भएका कारण विद्यार्थीलाई अभिमुुखिकरण गरिएको बैंकका शाखा प्रबन्धक सरोज उपाध्यायले जानकारी दिए । बिद्यार्थी लक्षित यो खाता नेपाल टेलिकमसँगको सहकार्यमा ल्याईएको हो । यो खाता खोल्ने विद्यार्थिहरुलाई नेपाल टेलिकमको सिम निशुल्क रुपमा प्रदान गरिन्छ ।

एमविएस संकायका संयोजक किशोर पोख्रेलको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा बैंकका सहायक शाखा प्रबन्धक राजु रानाक्षेत्रीले बित्तीय साक्षरताको महत्व र विद्यार्थी एवं दम्पत्तीले पैसा बचत गर्दा त्यसले दिने लाभका बिषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा क्याम्पसका व्यवस्थापन संकायका प्रमुख केशवकुमार आचार्य, विविए संयोजक राम थापाले वित्तिय कारोबारका बारेमा सबैलाई ज्ञान हुनुपर्नेमा जोड दिदै बैंकले गरेको कार्यक्रम प्रभावकारी बनेको बताए ।

कार्यक्रममा बैंकका कर्मचारीहरु सुरज अर्याल, सन्दीप रजौरे लगायतकाले आर्थिक बचतले जीवनमा पुु¥याउने सहयोग र वित्तिय साक्षरताले दिने फाईदाका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए भन्ने सन्जय पाण्डेले जानकारी दिएका थिए । नेपाल बैंकको लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गतका सबै शाखामा एक दिने यो कार्यक्रम आज सञ्चालन गरिएको हो ।

साथै यो खाता खोल्ने दम्पत्तिलाई नै नेपाल टेलिकमले प्रिपेड सिम निशुल्क प्रदान गर्छ । उक्त सिममा १ महिनासम्म हरेक दिन १ सय एमबी डेटा, १० मिनेट नेट टल्क टाईम र १० एसएमएस सम्म पाउन सकिने छ । यसरी खोलेको खातामा निशुल्क डेविड कार्ड, मोबाईल बैंकिङ, ईन्टरनेट बैंकिङ लगायतका सुविधा रहेका छन् । २५ प्रतिशतसम्म छुट प्रप्त गर्न सकिन्छ । न्यूनतम ब्यालेन्स ५ सय रुपैयमा खाता खोल्न सकिन्छ । कार्यक्रमको सहजीकरण बैंकका कर्मचारी सञ्जय पाण्डेले गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस