अपांगता भएका ब्यवसायिलाई पे्ररित गर्दै सामुदायिक पुस्तकालय
गढवा । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र गढवाले अपांगता भएका नागरिक र उनका घर परिवारलाई ब्यवसायमा पे्ररित गर्न थालेको छ । पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष गिरीराज भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले ब्यवसाय सुधार तथा सुरुवात सम्बन्धी ३ दिने तालिमको बुधबार उद्घाटन गरेका हुन् ।
रिड नेपालको सहयोगमा नेपालमा अपांगता बिपद् जोखिम न्यूनिकरण प्रबर्धन परियोजना मार्फत वडा नं. ६ मा यो कार्यक्रम गर्न थालिएको पुस्तकालयले जनाएको छ । पहिलो चरणमा २५ जना अपांगता भएका नागरिकहरु र उनीहरुका घर परिवार छनोट गरि ब्यवसाय सुरुवात र सुधारको सचेतना प्रदान गरिने र दोश्रो चरणमा १० जना सबल ब्यवसायिहरु छनोट गरि पुनः ३ दिने प्रशिक्षण संचालन गर्ने योजना रहेको पुस्तकालयका अध्यक्ष गिरीराज भट्टले जानकारी दिए ।
तेश्रो चरणमा छानिएका १० ब्यवसायिहरुलाई केहि आर्थिक सपोर्ट गरिने र उनिहरुको आयआर्जन र आत्मनिर्भरताको बाटो देखाउने पुस्तकालयको कार्यक्रम रहेको बताइएको छ । अपांगता भएका नागरिक र अपांगता भएका परिवारलाई आयआर्जन गरि आत्मनिर्भर बनाउने परियोजनाको उद्देश्य रहेको पुस्तकालयले जनाएको छ ।
तिन दिनसम्म संचालन हुने ब्यवसाय सुधार तथा सुरुवात तालिमको सहजिकरण नेपाल रेडक्रसका देवि प्याकुरेल र थानेश्वर पोखे्रलले गरेका थिए । यसअघि उक्त सामुदायिक पुस्तकालयले अपांगता भएका कोभिड प्रभावित नागरिक र अति बिपन्न तथा सिमान्तकृत समुदायका वडा कार्यालयले सिफारिस गरेका दुई चरणमा गरि डेढ सय बढी नागरिकहरुलाई खाद्यान्न लगायतका राहात सामाग्रीहरु प्रदान गरेको पुस्तकालयका ब्यवस्थापक मिना भट्टराईले जानकारी दिए । पुस्तकालयका सचिव शिबराज पन्थीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन ब्यवस्थापक मिना भट्टराईले गरेका थिए ।