बाघको छालासहित दुईजना पक्राउ

दाङ । दाङमा बाघको छालासहित दुईजनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार बाघको टाउकोदेखि पुच्छरसम्मको ८ फिट २ ईन्च लम्बाई र १ फिट ८ ईन्च चौडाई भएको छाला सहित दुइजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नं. ६ निवासी ३८ बर्षीय सूर्यबहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ३१ बर्षीय महेन्द्र खड्का रहेका छन् । आईतबार राति ७ बजेतिर पक्राउ गरिएको भएपनि आज मात्रै उनीहरुलाई प्रहरीले विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।
उनीहरुलाई घोराही उपमहानगरपालिका वडा नं. १६ गरुवा चोकबाट पक्राउ गरिएको हो । चौधरीले चलाएर पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको रा ३ प २६६ नम्बरको मोटरसाईकलमा सवार रही बाघको छाला ओसारीरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस