दाङमा ६९ करोड बढीको धान नोक्सान

दाङ । असोज ३१ गते रातीदेखि परेको अविरल वर्षाले दाङमा ६९ करोड बढीको धान नोक्सान भएको छ । कृषि ज्ञान केन्द्र दाङका प्रमुख बुद्धिराज घिमिरेका अनुसार जिल्लाका १० पालिकामा गरी ६९ करोड १७ लाख ६ हजार २ सय २५ रुपैयाँ बराबरको धान वर्षाले नाक्सोन गरेको हो ।

दाङमा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धानवालीको खेति गरिन्छ । जसमध्ये बेमौसमी वर्षा हुँदा ८ हजार ९ सय ९८ हेक्टरको धानमा क्षति पुगेको छ । यो क्षति कुल क्षेत्रफलको २२ दशमलव ८३ प्रतिशत रहेको ज्ञान केन्द्रका प्रमुख घिमिरेले बताए ।

यसरी सबैभन्दा धेरै क्षति बेहोर्नेमा घोराही उपमहानगरपालिका रहेको छ । २ उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका रहेको दाङमा घोराही उपमहानगरपालिका अन्य पालिका भन्दा धेरै क्षेत्रफलमा धान खेति पनि हुने गरेको छ । घोराहीमा ८ हजार ३ सय २० हेक्टरमा धान खेति गरिएकोमा वर्षाले १ हजार ९ सय ५८ हेक्टरमा क्षति गरेको छ । जसबाट घोराहीमा मात्र १५ करोड १८ लाख ७ सय बराबरको धान नोक्सान भएको छ ।

यस्तै तुलसीपुरमा २ सय ७५ हेक्टरको धानमा क्षेति हुँदा २ करोड १३ लाख १२ हजार ५ सय बराबरको धान नोक्सान भएको छ । यहाँ ६ हजार ८ सय ४० हेक्टर क्षेत्रफलमा धान खेति हुने गर्छ ।

लमही नगरपालिकामा १ हजार ४ सय ३२ हेक्टरको धानवाली क्षति भएको छ । जसबाट १२ करोड ५३ लाख बराबरको धान नोक्सान भएको छ । दाङमा घोराही पछि लमही नगरपालिकामा बढी धान नोक्सान भएको कृषि ज्ञान केन्द्रका प्रमुख घिमिरेले बताए ।

त्यसैगरी उनका अनुसार राजपुर गाउँपालिकामा ८ सय ७५ हेक्टरको धानवाली क्षति हुँदा ५ करोड ४१ लाख ६८ हजार ६ सय ७५ रुपैयाँ बराबरको धान नोक्सान भएको छ ।

गढवामा ९ सय १९ हेक्टरको धानवाली क्षति हुँदा ७ करोड २७ लाख २० हजार बराबरको धान नोक्सान भएको छ ।

त्यस्तै राप्तीमा ७१ हेक्टरको धानवाली क्षति हुँदा ५५ लाख ६४ हजार ५ सय बराबरको धान नोक्सान भएको छ । दाङमा सबैभन्दा कम क्षति भएको पालिका राप्ती नै हो ।

बंगलाचुली गाउँपालिकामा १ हजार ६९ हेक्टरको धानवाली क्षति हुँदा ८ करोड ३६ लाख २२ हजार ५ सय बराबरको धान नोक्सान भएको छ । त्यस्तै ढंगीशरण गाउँपालिकामा १ हजार १ सय २३ हेक्टरको धानवाली क्षति हुँदा ८ करोड ६४ लाख ९० हजार बराबरको धान नोक्सान भएको छ ।

शान्तिनगरमा ७ सय ६१ हेक्टरको धानवाली क्षति हुँदा ५ करोड ९० लाख २ हजार ३ सय बराबरको धान नोक्सान भएको छ ।

र बबई गाउँपालिकामा ५ सय २ हेक्टरको धानवाली क्षति हुँदा ३ करोड १७ लाख १८ हजार ७ सय ५० रुपैयाँ बराबरको धान नोक्सान भएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख घिमिले जानकारी दिए ।

सूचनाको कमी र अटेरीले गर्दा क्षति धेरै
असोज महिनाको अन्तिमतिर ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी बनाएपनि गाउँका किसानसम्म सूचना नपुग्दा धानवालीमा ठूलो क्षति भएको सरकारवालहरुको बुझाई छ ।

धेरै किसानहरुले पानी पर्नेबारे जानकारी नपाएको कुरा बताएको धानको क्षति विवरण संकलन गर्न पुगेकी कृषि ज्ञान केन्द्रकै कर्मचारी देवा महराको भनाई छ । ‘वर्षाले किसानको धेरै धानवालीमा क्षति पु¥याएको छ । जसमा किसानसम्म मौसम पूर्वानुमान बारे जानकारी नभएको भन्ने कुरा धेरै छ ।’ बेमौसमी वर्षाले खाद्य तथा आवासमा पारेको असर विषयक अन्तरक्रियमा उनले भने ।

त्यस्तै कतिपयले मौसम पूर्वानुमानका बारेमा जानकारी हुँदाहुँदै पनि अटेरी गरेर धान काट्दा बढी धान नोक्सान भएको घोराहीका नगरप्रमुख नरुलाल चौधरीको बुझाई छ । उनले भने, ‘मैले कतिपयलाई पानी पर्ने छ । धान नकाट्न भने । उनीहरुले मानेन् । अनि पानी प¥यो नोक्सान भयो ।’ मेयर चौधरीले व्यङ्ग्य गर्दै अल्छी गर्नेको बरु धानवालीमा क्षति नभएको उल्लेख गरे ।

उनले अब परिस्थिति अनुसारको खतिपाती गर्नुपर्ने पनि धारणा राखे । ‘हिजो मैले नै टनेल बाहिर टमाटर रोप्दा लटरम्म फल्थ्यो । अब फल्दैन त । त्यसैले परिस्थिति अनुसारको खेति गर्नुपर्छ ।’ चौधरीको भनाई छ । धानवालीमा ठूलो क्षति भएको भन्दै किसानलाई सरकारले उचित राहतको व्यवस्था गर्ने उनले स्पष्ट पारे ।

प्रकाशित मिति : २०७८ कार्तिक १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस