उपमहानगरपालिकाको बिकट बस्तीमा अझै पुगेन विद्युत

दाङ । घोराही उपमहानगरपालिका ११ नं. वडामा पर्ने खुम्कोटमा विद्युतको पोल र तार विस्तार भएको बर्षाै बितिस्क्दा पनि अझैसम्म विद्युत लाइन सुचारु हुन सकेको छैन् ।

२०७५ सालमा घोराही उपमहानगरपालिका १२ सिमलखुटीमा संचालित विद्युत लाइन भएको स्थान हुँदै सोही वडाको ज्यामिरे खोला र रामकोटदेखि ११ नं. वडाको बिकट मानिने खुम्कोटसम्म विद्युतको पोल पुगेसँगै तार जडान पनि सम्पन्न भएको थियो । त्यतिबेला खुम्कोटबासीमा एक किसिमको खुसियाली पनि छायो गाउँबासी हर्षित भए अनि सबैले घर–घरमा वायरिङका सामग्री लियर घर वायरिङ पनि गराएका थिए । तर, घर वायरिङ गरेकै तीन वर्ष बितिसक्दा पनि विद्युत लाइन प्रशारण नहँुदा खुम्कोटबासी अझै सोलार, टुक्कि, र लाइट बालेर जीवन बिताउन बाध्य भइरहेका छन् । विद्युत बालेर घर र गाउँ उज्यालो पर्ने खुम्कोटबासीहरुको सपना अझै पूरा हुन सकेका छैनन् ।

हिउँदोमा जसोतसो सोलारको उज्यालोमा बसेपनि जब आकासमा बादल लाग्छ र पानी पर्छ त्यो समयमा घरमा बत्ती समेत नबल्ले स्थानीय बासीहरुले बताएका छन् । मोबाइल चार्ज गर्नकै लागि भएपनी गाउँ भरीका मोबाइल प्लास्टिकमा जम्मा गरि करिब १ घन्टा पैदल हिडेर अर्काे गाउँमा गएर चार्ज गर्नुपर्ने समस्या रहेको पनि स्थानीयहरुको भनाइ छ । घोराहीउपमहानगर भित्रै पर्ने वडा भएता पनि अझै बाटोघाटो विद्युत जस्ता बिकासको पुर्बाधारहरुमा बिकट मानिने खुम्कोटमा बिद्युत पुग्न नसक्दा आफै पनि लज्जित भएको र चाडै नै यस समस्यामा सम्बन्धित निकायको ध्यान पुग्न जरुरी रहेको सोही टोल बिकास सस्थाका अध्यक्ष केशब बहादुर बताएका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस