केही जटिल समस्या वाहेक सबै सेवा उपलव्ध गराएका छौं

दैनिक कति बिरामी बालबालिकाहरु आउने गरेका छन् ?
तुलसीपुरमा अहिले बालबालिकहरुको लागि भरपर्दाे अस्पतालका रुपमा तुलसी हस्पिटललाई नै चिन्ने गरेका छौँ र हजुरहरुले पनि थाह पायकै कुरा हो । त्यहि भएर यस अस्पतालमा हर प्रकारका बिरामी बालबालिकाहरु आउने गरेका छन् । अहिले दैनिक रुपमा आउने सामान्य बिरामीहरुमा ओपीडीमा १ सयदेखि देढ सयको हारहारीमा आउने गरेका छन् भने ७० देख ८० जना बिरमी बालबालिकाहरुले दैनिक रुपमा भर्ना भई यस अस्पतालमा पाइने सेवाहरु लिई रहेका छन् ।

उनीहरुमा देखिने समस्याहरु के के हुन् ?
विशेष गरी बालबालिकाहरके विषयमा भन्ने हो भने यस्ता बालबालिकाहरु मौसमी बिरामी हुन्छन् । मौसम परिवर्तनसंँगै बालबालिकाहरुमा रुघा लाग्ने जरो आउने जस्ता विभिन्न किसिमका समस्याहरु देखा पर्छन । हाम्रो दाङमा साविक राप्ती अञ्चलकै पहाडी जिल्लाहरु जस्तै रोल्पा, रुकुम, प्युठान, सल्यान र अर्घखाँचीलगायतका जिल्लाहरुमा यो भाइरल फलू फैलिएको छ । यस फलुमाा सुरुमा हलका नाक बग्ने त्यसपछि बिस्तारै जरो आउने र त्यो बढे पनि साँस फुल्ने, कोख हान्ने, दुध नचुस्ने, पिसाब कम हुनेजस्ता लक्ष्णा पनि बढ्दै गएमा त्यसले कडा खालको निमोनिया देखा पर्ने गर्दछ । अहिले प्राय गरी साँस प्रश्वास सम्बिन्धिका बिरामीहरु बढि आउने गरेका छन् भने दम, साँसको नलि साघँुरो भएर साँस फेर्न गाह्रो हुने, क्रुफ जस्ता भाइरल इन्फेक्सन भउका बिरामीहरु बढि छन् । त्यसैगरी पाचन प्रणाली सम्बन्धी जस्तो पखाला लाग्ने, टाइफाइड, मलेरिया, डेंगु जस्ता समस्या भएका बिरामीहरुले यस अस्पतालमा उपचार गराई राखेका छ ।

कुन उमेर समूहका बढी रहेको छ ।
अहिले यस अस्पतालमा आउने बिरामी बालबालिकाहरुमा २ महिनादेखि २ वर्षका बच्चाहरुमा साँस प्रश्वासको समस्या बढि देखिने गरेको छ ।

अस्पतालले बिरामी बालबालिकाहरुलाई दिने सेवाहरु के–के हुन् ?
यस अस्पतलले अहिले बिरामी बालबालिकाहरुलाई दिने र दिनु पर्ने सबै सेवा सुविधााहरु उपलब्ध रहेको छ । यस अस्पतालमा अहिले १८ वर्ष मुनिका सबै बालबलिकाहरुका लागि ओपीडी सेवा उपलब्ध रहेको छ भने बिरामी भर्ना गर्ने इम्पेशन सेवा, एन.आई.सी।यु.,पी.आई.सी . यु,लेब सेवार भिडियो एक्सरेलगायत बालबालिकाहरुलाई चाहिने र एउटा अस्पतालमा चाहिने सम्पूर्ण सेवा उपलब्ध रहेको छ ।

कुन–कुन ठाँउबाट आउने गरेका छन् ?
अहिले हाम्रो यस अस्पतालमा आउने बिरामीहरुमा दाड, देउखेरी, प्युठान, रोल्पा, रुकुम, सल्लयान र अर्धखाँचीलगायतका जिल्लाबाट अउने गरेका छन् ।

दैनिक चिसो पनि बढ्दै गएको छ कस्तो सावधानीहरु अपनाउनु पर्ला ?
यो विशेष गरी भाइरल जरो नै हो । जब जब मौसम परिवर्तन हुन्छ इन्फलएन्जा नामको एउटा भाइरस हुन्छ जुन प्रकृतिमा प्रयााप्त मात्रामा पाइन्छ । जसले बालबालिकाहरलाई प्रत्यक्ष असर पार्ने गर्दछ । यसमा अगाडि मैले भने जस्तै नाक बग्ने, जरो आउने, कोखा हान्ने श्वास प्रश्वासमा समस्या आउने गर्दछ । जुन अहिले करोना महामारीको तेस्रो लहर चलेको छ यसमा खासगरी बालबालिकाहरु केन्द्र बिन्दुमा राखिएको छ । जसअनुसार बालबालिबाहरुमा यी सबै लक्ष्णहरु यस्तै नै हुने गर्दछ । जसमा जोरे आउने, रुघा लाग्ने, श्वास प्रश्वासमा समस्यालगायत पनि बालबालिकाहरुमा कोभिडका समसयाहरु देखिन सक्छ जसमा पखला लाग्ने, शरीरमा दानाहर अउन सक्छ, आँखाहरु रातो हुने, पिसाब कम हुन सक्छ, कहिले काँही अत्यधिक जरो आएर बच्चा बेहोस् हुन सक्ने भएकाले हामी जस्ता चिकित्सक वा स्वास्थ्यकर्मी यस प्रति सजग हुन जरुरी छ । हामी मौसमाी फलुमा मात्रै सीमित नरहेर कतै कोभिड पो होकी भन्ने तर्फ ध्यान दिन जरुरी छ । त्यसैगरी हाम्रो अस्पतलमा निमोनियाका बिरामीहरु एकदमै बढेको हुनाले स्वास्थ्य विभागसँग समन्व्य गरेर केहि नमूनाहरु जम्मा गरेर करोनाको परिक्षण पनि गरेको अवस्था छ । भाग्य वश उनीहरुमा करोना संक्रमण पुष्टि भएन ।

बिरामी बालबालिकालाई उपचार यहि हुने गरेको छ की बाहिर पनि रिफर ?
हामी र हाम्रो अस्पताल अहिले ९९ प्रतिशत बिरामीहरुको उपचार यहि अस्पतालमा गरिरहेका छौँ । कहिले काँही बिरामीहरुका आफन्तले उनीहरुलाई अन्य अस्पतालमा लग्ने गरेका छन् । यो उनीहरको ईच्छा वा रुचिको विषय हो । कुनै बेलामा एकदमै जटिल खालको अवस्थामा वा बच्चालाई भेन्टिलेटरको आवश्यकता परेको खण्डमा नजिकको नेपालगञ्ज, बुटवल र काठमाडौ रिफर गर्ने गरेका छौं ।

बच्चाहरुको खानपानमा कस्तो ध्यान दिनुपर्ला ?
यो हजुरले एकदमै राम्रो प्रश्न गर्नुभयो । सुरुमा भन्ने हो भने आमा नै आफनो बच्चाको पहिलो डाकडर हो । सबैभन्दा पहिले बच्चालाई के समस्या छ भन्ने कुरा अफ्नो आमालाई नै थाहा हुनु पर्छ । त्यहि भएर आमाले बच्चाहरुको स्वास्थ्यमा एकदमै ध्यान दिनुपर्ने देखिन्छ । बच्चाहरलाई छुनुभन्दा अगाडि राम्रो सँग साबुन पानीले हात धुने वा हातलाई सेनिटाइजर गर्ने राम्रो देखिन्छ । त्यसैगरी अहिले कोभिडको यस्तो महमारीको बेलामा घरमा पनि मास्क लगाएर बच्चाको स्याहर सुसार गर्दा राम्रो हुन्छ । बच्चाहरुलाई सडेगलेका, बासी खाने कुरा नदिने, ६ महिनासम्म आमाको दुध र ६ महिना पनि आमाको दुधले मात्रै नपुग्ने भएकाले लिटो, जाउलो र खिचडी जस्ता खाने कुराहरु खान दिन सकिन्छ । एउटा बच्चालाई आमाको दुधबाट धेरै पोषक तत्वहरु मिल्ने भएकाले बच्चालाई आमाको दुध नै दिन जरुरी छ । त्यहि आमाले पनि पोषिलो खाने कुराहरु खान आवश्यक छ । बच्चाहरुलाई स्यार गर्दा जहिले पनि खुल्ला कोठामा राम्रो मानिन्छ । त्यसैगरी गाँउ घरमा जन्मेको बच्चालाई हातमा पैसा दिने चलन रहेको छ, त्यो बच्चाको स्वास्थ्य लागि राम्रो मानिदैन । त्यसैगरी बच्चाहरलाई चुम्बन गर्ने र आँखामा गाजल लगउने राम्रो मानिदैन । त्यहि भएर बच्चाको स्वास्थ्य सधै ठिक राख्न ससाना कुराहरुमा ध्यान दिन सके बच्चाहरुलाई धेरै रोगबाट बचाउन सकिन्छ ।

अन्तमा ?
मलाई के लाग्छ भने अफ्नो बच्चाको पहिलो र ठूलो डाकटर आमा नै हो । आमाभन्दा ठूलो डाकटर कोहि पनि छैन । बच्चाको डाकटरलाई सबैभन्दा ठूलो चुनौती के हुन्छ भने बच्चा बेल्न सक्दैन उसलाई हेरेर र अमाको कुरा सुनेर के रोग हो भन्ने निस्कर्ष सम्म हामी पुग्छौँ । त्यहि भएर आमा धेरै ससाना कुरामा ध्यान दिनुका साथै बालबालिका भएको घरमा घरको ठूला र जिम्मेबार मान्छेले कोभिड महामारीको बेलामा स्वास्थ्य मापदण्डको पालना गरेको खण्डमा बालिकाहरुलाई सुरक्षित राख्न सकिने भेरो भनाई छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस