चारलेनको काम सुरु, बैशाखसम्म सक्ने लक्ष्य

दाङ । दाङमा चारलेन सडक निर्माणको काममा ढिलाई हँुदा आम नागरिकले सास्ती झेल्नु परेको छ । सवाअर्बभन्दा बढी भारतीय एक्जीम बैंकको सौलीयत ऋण सहयोगमा निर्माण हुन लागेको घोराही तुलसीपुर चारलेन सडक विस्तार कार्यको ३१ महिनाको म्याद साउनमा सकियो तर, म्याद सकिए पनि निर्माण कार्य ७ प्रतिशत पनि पुग्न सकेको छैन् ।

अहिले निर्माण व्यवसायी परिवर्तन गर्नुका साथै २०७९ बैशाखसम्म म्याद थपेर काम गर्न थालिएको छ । यस्तै निर्माण कम्पनीले शनिबारबाट निर्माण कार्य फुलफेजमा सुरु भएको जनाएको छ । सडक निर्माणको जिम्मा लिएको नयाँ कम्पनीका प्रतिनिधि दोर्ण दुलालले शनिबारबाट फुलफेजमा काम सुरु भएको जानकारी दिएका छन् । २ सयभन्दा धेरै श्रमिकलाई सडकमै खटाएर काम सुरु गरिएको उनले बताए । कोरोना भाइरसको कारण देखाएर ६ महिना र सडक छेउ छाउका रुख, पोल हटाउने भन्दै ३ महिना थप गरिएको हो । अहिले निर्माण व्यवसायी परिवर्तन गर्नुका साथै २०७९ बैशाखसम्म म्याद थपेर काम गर्न थालिएको छ । ३१ महिनामा सकिन नसकेको काम ९ महिनामा ७० देखि ८० प्रतिशतकाम सम्पन्न गर्ने निर्माण व्यवसायी दुलालको भनाई छ । अर्कोतिर चारलेन सडक निर्माणको काममा ढिलाई हँुदा यात्रा जोखिमपुर्ण भएको चालक शेरबहादुर राणा बताउँछन् ।

लमही, घोराही, तुलसीपुर सडक खण्डको कुहिरेपानीदेखि तुलसीपुरको हात्तिखौवासम्मको २८ दशमलव ३ किलोमिटर सडकलाई चार लेनमा स्तरोउन्नती गर्नको लागि ३१ महिनामा काम सक्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा स्टक्चर प्रोजेक्ट प्रालिलाई १४ माघ २०७५ मा ठेक्का दिइएको थियो । सम्झौताअनुसार गत साउन महिनामा निर्माण अवधीको म्याद सकिएको छ । ३१ महिनाको निर्माण अवधीको म्याद सकिएको भए पनि काम एक चौथाई पनि हुन सकेको छैन् । हालसम्मको निर्माण प्रगती ६ दशमलव ७ प्रतिशत मात्रै भएको छ ।

सडक विस्तारका क्रममा भएका खाल्डाखुल्डीमा परी दुर्घटना हुँदै आएको स्थानीय सुशीला योगीको भनाई छ । सडकको चौडाई २१ मिटर हुने छ भने ४ लेन सडक विस्तारको ९३ प्रतिशत भन्दाबढी कामअझै बाँकी रहेको छ । निषेधाज्ञा, समयमा निर्माण सामग्री उपलब्धन हुनु जस्ता बाहाना निर्माण व्यवसायीको रहेका छन् । ४ लेन सडक विस्तारका लागि भारतीय एक्जीम बैंकको सौलीयत ऋण सहयोगमा १ करोड २१ लाख अमेरिकी डलर, अर्थात नेपाली सवाअर्व भन्दामाथिकोे ठेक्का भारतीय निर्माण कम्पनीलाई दिइएको थियो । यसको १० प्रतिशत मोविलाइजेसन निर्माण कम्पनीले लिइसकेको छ । सयममा काम नसकेको भन्दै कार्यालयले पहिलेको निर्माण व्यवसायीबाट मोविलाइजेसन बुझेको रकमको ५० प्रतिशत कट्टी गरेको चार लेन सडक योजनाका प्रमुख पारशमणी हमालको भनाई छ ।

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस