दाङमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

दाङ । कोरोना संक्रमणबाट तुलसीपुरका एक पुरुषको मुत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का ४४ वर्षीय पुरुष रहेका छन् ।

उनको उपचारको क्रममा कोरोना विशेष अस्पताल बेलझुण्डीमा शनिबार बेलुका पौने ७ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

मृतक पुरुषको गएको भदौ २९ गतेदेखि अस्पतालको आइसियुमा उपचार भइराखेको थियो । उनलाई कोभिडसँसगै निमोनिया र श्वासप्रश्वासको समस्या थियो । हाल अस्पतालमा ५ जना कोरोना संक्रमितको आइसियुमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार
प्रतिक्रिया दिनुहोस