राप्ती गाँउपालिकामा बक्तृत्वकला प्रतियोगीता


दाङ । राप्ती गाँउपालिकामा बक्तृत्वकला प्रतियोगीताको आयोजना गरि ५७ औ राष्ट्रिय बाल दिवश मनाईएको छ । सामान्य अवस्था वा कोभिड महामारी बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी भन्ने विषयमा बक्तृत्वकला प्रतियोगीताको आयोजना गरि राप्ती गाउँपालिकामा ५७ औ राष्ट्रिय बाल दिवश मनाईएको हो ।

बालबालिकाको क्षमता अभिबृद्धि, बाल सहभागीता,बाल संरक्षण तथा बाल विकासका लागि राप्ती गाउँपालिका महिला, बालबालिका, तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बाल दिवशको अवसर पारेर माध्यामिक विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगीताको आयोजना गरिएको हो । राप्ती गाउँपालिका सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको विशिष्ट आथित्यतामा बाल दिवशको अवसरमा बक्तृत्वकला प्रतियोगीता कार्यक्रमको आयोजना गरिएकोे हो ।

बाल दिवशको अवसरमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले संविधानले बालबालिकाको हकका लागि गरिएको व्यवस्था, बालबालिका सम्बन्धी ऐन, राष्ट्रिय नीति र बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय कानुनअनुसार बालबालिकाको सर्वाङ्गीण विकासका लागि काम गरिएको बताउनु भएको छ । अध्यक्ष सुवेदिले विभिन्न खालका दैविप्रकोप, महामारीमा बालबालिकाको सुरक्षाको लागि स्थानिय सरकार लागी परेको बताउदै सरकारले विपदमा आईपर्ने जोखीमबाट बालबालिकालाई सोचेजति सुरक्षीत गर्ने कार्यको उपलब्धि हाँसिल गर्न कार्ययोजना बन्दै गएको बताए ।

पछिल्लो समयमा बालबालिका कोभिड–१९ बाट संक्रमित मात्र भइरहेका छैनन् उनीहरू यस महामारीबाट अत्यन्त प्रभावित समुहमा पर्दै आएको महसुसका साथ प्रभावित महामारीले बालबालिकामा पार्ने प्रभाव न्युनिकरणको सम्बोधन गर्न अग्रसरता जगाउने उद्देश्यका साथ माध्यामिक विद्यालयका १० जना विद्यार्थीहरुले बक्तृत्वकला प्रतियोगीतामा सहभागीता गराईएको हो ।
संकटका समयमा अन्य समुहको तुलनामा बालबालिका बढि प्रभावित हुने गर्दछ । महामारीमा पनि हरेक बालबालिकालाई कष्ट आईपर्नबाट जोगाउनु, जीवन रक्षा गर्नु तथा स्वास्थ्यको रक्षा गर्नु साथै अतिरिक्त क्षतिको न्युनिकरण, रोकथाम गर्नका लागि बाल बालिकाको स्वास्थ्य अधिकार संरक्षणका लागि यस वर्षको बाल दिवश लक्षित रहेको छ ।

राप्तीगाउँपालिका क्षेत्रका माध्यामिक विद्यालयका विद्यार्थी हेमन्त गीरी, ताराप्रसाद शर्मा, विबेक चौधरी, खेमा पौडेल, सन्चिता भुसाल, रमेश सुन्दास, सृष्टि चौधरी, तृसना झाक्रि मगर, निलम श्रेष्ठ र प्रदिप घर्तिले बक्तृत्वकला प्रतियोगीतामा सहभागीता जनाएका थिए । बाल दिवशको अवसरमा आयोजित सामान्य अवस्था वा कोभिड महामारी बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी भन्ने विषयको बक्तृत्वकला प्रतियोगीतामा शंकर माध्यामिक विद्यालय पीपरीका रमेश सुन्दास प्रथम, आदर्श नमुना माध्यामिक विद्यालय लालमटियाका निरज केसी द्धितिय र नेपाल राष्ट्रिय माध्यामिक विद्यालय भालुवाङका प्रदिप घर्तिले तृतिय स्थान हासील गर्नु भएको छ । विजयी छात्र छात्रालाई बाल दिवशको अवसरमा पुरस्कार नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

गाउँपालिकामा आयोजना गरिएको बाल दिवशको अवसरमा आदर्श नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक किरण पोख्रेल, शिक्षा समिति सदस्य विक्रान्त ज्ञवाली, शिक्षा शाखा प्रमुख विश्वास विक, शिक्षा अधिकृत बासुदेव खनाल, महिला विकास निरिक्षक जिवन कुमारी जिसी, कल्पना खनालले बालबालिकाको स्वास्थ्य रक्षा तथा बाल अधिकारका लागि गरिएको क्रियाकलापको बारेमा जानकारी गराएका थिए । बाल दिवशको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रिय बालअधिकार परिषद्ले सडक बालबालिकामुक्त राष्ट्र अभियान, हिंसा, दुव्र्यवहार, हराउने लगायतका जोखिमबाट बालबालिकालाई संरक्षण गर्न देशभर १८ वटा बाल हेल्पलाइन सेवा केन्द्र सञ्चालन गरेको छ । जसमा १०९८ र प्रहरीसँगको समन्वयमा खोजतलास केन्द्र १०४ मा सम्पर्क गरेर सूचना टिपाउन सकिने व्यवस्था गरिएको जानकारी दिए ।

जोखिममा परेका बालबालिकाको संरक्षणका लागि अस्थायी संरक्षण केन्द्र, सङ्घ, प्रदेश र स्थानीय तहमा बालबालिका सम्बन्धी ऐन कार्यान्वयनका क्रममा रहेका, अनाथ बालबालिकाको संरक्षणका लागि नेपाल बाल सङ्गठनको स्थापना गरी विक्रम संवत् २०२१ देखि नेपालमा बालबालिकाको समस्या सम्बोधनको प्रयास सुरु भएको, सङ्गठनको स्थापनापछि तत्कालीन बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहको जन्मोत्सवका अवसरमा बाल दिवस मनाउने प्रचलन रहेकोमा संयुक्त राष्ट्रसङ्घको बालअधिकार सम्बन्धी महासन्धि–१९८९ लाई नेपालले विसं २०४७ भदौ २९ गते अनुमोदन गरे संगै विगत केही वर्षदेखि भने भदौ २९ गते ‘राष्ट्रिय बाल दिवस’ मनाइँदै आएको बताईएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस