घोराहीका विद्यालय भोलिदेखि खुल्ने
दाङ । घोराही उपमहानगरपालिका भित्रका सबै बिद्यालय भोलिदेखि खुल्ने भएका छन् । विद्यार्थीको भौतिक उपस्थितीमा भोलिदेखि सामुदायीक र संस्थागत विद्यालयहरु खुल्ने भएका हुन ।
स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्दै बस सेवा समेत संचालन गर्ने गरी विद्यालय खोल्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिए ।
नगर कार्यपालिकाको विद्यालय खोल्ने निर्णयको सिफारिस जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रमा पठाइ त्यहाँबाट अनुमोदन गरी विद्यालय खोल्ने निर्णय भएको उनको भनाइ छ । कोरोना संक्रमणका कारण गत चैत महिनादेखि दाङका विद्यालय बन्द रहेका थिए ।
प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस