शान्तिनगरमा आत्मरक्षा तालिम, किशोरी समुहको संयोजकमा : सुनार

दाङ । दाङको शान्तिनगरमा महिला तथा किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी दुईदिने तालिम आज सोमबार जुम्लेकुलामा सम्पन्न भएको छ । सामाजमा वातावरणीय शिक्षाको बिकास (सिड) संस्थाले संचालन गरेको बाल बिबाह तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रमको आयोजना एवं आईएम स्विडिस डेभलपमेन्टको आर्थिक सहयोगमा किशोरीहरुलाई परिआउदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसा बारे चेतना जगाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो ।

संवेदनशिल अंगमा प्रहार गर्दा आफू कसरी बच्न सकिन्छ, आफ्नो क्षमता आफूले कसरी पहिचान गर्ने, हिंसाका किसिमहरु के के हुन, आत्म अनुशासनमा कसरी बस्ने र परिस्थितिजन्य अबस्थामा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने लगायतका बारेमा प्रशिक्षण दिईएको थियो । गाउँपालिका स्तरका सबै वडाबाट महिला तथा किशोरी गरि ३० जना को सहभागिता रहेको तालिमको प्रशिक्षकमा पदम बस्नेत र लक्ष्मण बस्नेत रहेका थिए । यसैबिच तालिमको समापन समरोह समाजमा वाताबरणिय शिक्षाको विकास सीड सस्था का कार्यक्रम संयोजक सीता बिष्टको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका वडा नं. ४ का अध्यक्ष धनबहादुर केसीको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष केसीले आत्म रक्षा कला महिला तथा किशोरीका लागि मात्र नभएर आम नागरिकको रक्षामा महत्वपूर्ण भएको बताए । आफू संग भएको सीप, स्रोत र साधनको प्रयोगमा आफ्नो रक्षा आफै गर्न सक्ने कला आत्मरक्षा कला हो, सिकेको सीपलाई व्यवहार तहमा लागू गर्न र सबैमा यसको महत्वलाई बुझाउन आवश्यक रहेको उनको भनाई थियो । साथै उनले वडा स्तरमा आत्मरक्षा सम्बन्धी बृहत तालिम संचालनका लागि आफूले तयारी थालेको समेत बताए । अबसरमा प्रशिक्षक लक्ष्मण बस्नेत, सहभागी सुस्मा सुनार, सजना बोहरा, ईश्वरी घर्ती शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

यसैबिच सोही अवसरमा सुस्मा सुनार संयोजक रहेको शान्तिनगर गाउँपालिका स्तरिय २१ सदस्यीय किशोरी समूह समेत गठन गरिएको छ । कार्यक्रमको संचालन समाजमा वातावरणीय शिक्षाको बिकास सिड संस्थाका सामाजिक परिचालक शारदा बस्नेतले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस