पुस्तकालयद्वारा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

गढवा । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रले गढवा गाउँपालिकालाई कोभिड प्रतिकार्यका लागि बिहीबार स्वास्थ्य समाग्रीहरु प्रदान गरेको छ । एएसबि जर्मनिको सहयोगमा रिड नेपालद्वारा सञ्चालित कोभिड–१९ आकस्मीक बिपद् प्रतिकार्य परियोजना मार्फत स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको पुस्तकालयका अध्यक्ष गिरिराज भट्टले जानकारी दिए ।
बिहीबार गाउँपालिकामा आयोजित एक कार्यक्रमका बिच पुस्तकालयका अध्यक्ष गिरिराज भट्ट, कोषाध्यक्ष ओभा पाठक र सचिव शिबराज पन्थीले गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । कोभिड महामारीको तेश्रो लहर आउने संभावनालाई मध्यनजर गर्दै कोभिड प्रतिकार्यका लागि प्रदान गरिएका सामाग्रीहरुमा अक्सिजन सिलिण्डर, एक थान वाटर डिस्पेन्सर, २ थान बिपि चेक गर्ने सेट, एक थान स्ट्रेचर, २१ प्याकेट मास्क,२ स्याकेट ग्लोब्स,११ थन सेनेटाइजर,१० थान पिपिई सेट,१८ थान मग तथा डस्टबिन,सोअप १८ थान,बेडसिट १८ थान र स्प्रेयर औषधि गरि एक थान गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई हस्थान्तरण गरिएको पुस्तकालयले जनाएको छ ।
पुस्तकालयले यसअघि बिपद् प्रतिकार्य परियोजना मार्फत परियोजना संचालन भएको कार्यक्षेत्र वडा नं. ६ का अति बिपन्न, अपांगता भएका नागरिक र कोभिड संक्रमीत गरि ६० जना नागरिकहरुको परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री राहात वितरण गरेको पुस्तकालयका ब्यवस्थापक मिना भट्टराईले जानकारी दिए ।