वडा नं. १७ लाई एम्बुलेन्स हस्तान्तरण

दाङ । तुलसीपुर उपमहानगरपालिकाले वडा नं. १७ लाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरेर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले वडा अध्यक्ष थलबहादुर पुरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले निर्वाचनमा गरेको बाचा अनुसार वडाबासीलाई छिटो छरितो उपचार सेवा प्रदान गर्नका लागि एम्बुलेन्स हस्तान्तरण गरिएको बताए । समयमै उपचार नपाउँदा अकालमा कुनै पनि नागरिकको ज्यान नजाओस भन्ने उद्देश्यले बिरामी, घाइते तथा समस्यामा परेका नागरिकलाई तत्काल अस्पतालसम्म लैजानका लागि वडामा एम्बुलेन्सको व्यवस्था गरिएको बताए । सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक र विपन्नलाई निःशुल्क सेवा पु¥याउन नगर प्रमुख पाण्डेले निर्देशन दिए ।

एक वडा एक एम्बुलेन्सको अवधारणा अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाले यसअघि विकट मानिएका १, १९, १३ नम्बर वडामा एम्बुलेन्स हस्तातरण गरिसकेको छ, भने १७ नम्बर वडालाई हस्तान्तरण गरिएको हो । त्यसैगरी बाँकी ४ वटा एम्बुलेन्स हस्तान्तरण गर्ने तयारी रहेको तुलसीपुर उपमहानगरपालिका यान्त्रिक शाखा प्रमुख केशव डाँगीले दिए । उनका अनुसार ४, ११, १५ र ८ मा रहेको मेट्रो हस्पिटललाई पनि एक कार्यक्रमका बिच एम्बुलेन्स हस्तान्तरण गरिने छ ।

प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस