दाङको बंगलाचुलीमा पहिरोले ५ वटा घर बिस्तापित

दाङ । दाङको बंगलाचुलीमा अबिरल बर्षासँगै गयराती खसेको पहिराका कारण ५ वटा घरपरिवार बिस्तापित भएका छन् । बंगलाचुली गाउँपालिका २ टाकुराको धरमपानी टोलका ५ घर परिवार बिस्तापित भएका हुन् ।

बिस्तापित हुनेमा दिलबहादुर घर्ती, भिमबहादुर घर्ती, पाराश्वर पुन, तेज बहादुर सार्की, होमबहादुर घर्तीसहित ५ परिवारका २२ जना रहेको बंगलाचुली गाउँपालिका वडा नंं. २ का वडा सदस्य भिमकुमार बुढाले जानकारी दिए । दिलबहादुर घर्तीको परिवारलाई जनता आवास घर बेडि पोखरामा सारिएको छ भने अन्य ४ परिवारलाई पनि अन्यत्रै सार्ने तयारी भएको उनले बताए ।

पहिरोका कारण दिलबहादुरको घर भासिएको छ भने अन्य ४ घर बस्न नमिल्ने गरि चिराचिरा परेको बताईएको छ । क्षतीको बिवरण भने प्रहरीद्वारा मुचुल्का उठाएपछि आउने वडा सदस्य बुढाले बताए । अहिले पनि निरन्तर बस्ती माथीबाट ढुङ्गा र बस्ती तलबाट पहिरो खसिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस