थारु कल्याणकारिणी दाङको पुननिर्मित भवनको उद्घाटन

घोराहीं । थारु कल्याणकारिणी सभा दाङको पुननिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार विहान एक कार्यक्रमको आयोजना गरेर घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले पुननिर्मित भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै नगरप्रमुख चौधरीले थारु समुदायलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणको लागि थारु कल्याणकारिणी सभा दाङले अगुवाई गर्नुपर्ने कुरामा जोड दिएका थिए । थारु समुदायमा अझैपनि परपम्परागत कृर्षि पेशमा निर्भर रहेको बताउँदै नगरप्रमुख चौधरीले आर्थिक रुपान्तरणको लागि आधुनिक कृषिमा लाग्नुपर्ने बताए थिए । कार्यक्रमका प्रमुख अतितिसमेत रहेका चौधरीले थारु समुदायको जीवनस्तरलाई उकास्नको लागि थारु समुदायले हरेक क्षेत्रमा व्यवसायिक बन्नुपर्ने बताएका थिए । थारु समुदायका युवाहरु १२ कलाससम्म पढ्ने र छोड्ने गरेकोले ति युवाहरुलाई पढाइमा प्रोत्सान गर्नलाई थारु कल्याणकारिणी सभा दाङले विशेष सचेतना अभियान चलाउनुपर्ने चौधरीले बताएका थिए ।

यसैगरी छोटो समयमा स्वरोजगार बन्ने र सानै उमेरमा आत्मनिर्भर बन्ने भएकोले प्राविधि शिक्षाको अध्ययन गर्नमा आफ्ना बालकालिकाहरुलाई लगाउनुपर्ने थारु समुदायका अभिभावकहरुलाई चौधरीले आग्रह गरेकाथिए । कार्यक्रममा चौधरीले हरेक संस्थालाई सफल बनाउनका लागि नेतृत्वले ठूलो प्रभाव पार्ने भएकोले यो सस्थाको सफल नेतृत्व कारणले यो भवन पूर्णता पाएको वताएकाथिए । करिब दुइ दशक अगाडि निर्माण भएको ४ कोठे २ तल्ले भवनको पुन निर्माणको लागि घोराही उपमहागनरपालिकाले आ. व. ०७७/०७८ मा १५ लाख बजेट विनियोजन गरेकोथियो । भवनका मर्मत सम्भार तथा रंङरोगन र लागत सहभागिता सहित १४ लाख ९८ हजार खर्च भएको थारु कल्याणकारिणी सभा दाङका सचिव प्रकाश चौधरीले जानकारी गराएका थिए । सोहि कक्रममा भवन निर्माणमा आर्थिक सहयोग गरेको भन्दै घोराही उपमहानगरपालिका कार्यालय र कार्यालय व्यवस्थानको लागि डराज सहयोग गरेकोमा घोराही ६ पक्वै निवासी बसन्ती चौधरीलाई कदरपत्रले सम्मान गरिएको थियो ।

घोराही उपमहागनरपालिका वडा नं। १७ पनौरास्थित पनौरामा पुननिर्मित भवनको उद्घाटनसँगै थारु कल्याणकारिणी सभा दाङको कार्यसम्पादन यहि बाट सुरु हुने थारु कल्याणकारिणी सभा दाङका सभापति भुवन चौधरीले जानकारी दिए । उनका अनुसार थारु कल्याणकारिणी सभा दाङको भवनमा थारु पत्रकार संघ दाङ शाखा र राष्ट्रिय थारु कलाकार संघ दाङलाई कार्यालय संचालनको लागि निशुल्क कोठा उपलब्ध गराएको जानकारी दिएका थिए । थारु कल्याणकारिणी सभा दाङका सभापति भुवन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहागनगरपालिका वडा नं। १७ का वडा अध्यक्ष खुशिराम चौधरी, थारु पत्रकार संघ दाङका अध्यक्ष नविन चौधरी, राष्ट्रिय थारु कलकार संघ दाङका अध्यक्ष शालिकराम चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमितिकी सदस्य सविता चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सभाका सचिव प्रकाश चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस