वन क्षेत्र अतिक्रमण गरेको आरोपमा २२ जना बिरुद्ध मुद्दा

दाङ । दाङमा वन क्षेत्र अतिक्रमण गरेको आरोपमा २२ जना बिरुद्ध मुद्दा परेको छ । डिभिजन वन कार्यालय दाङले बबई गाउँपालिकाका वडा नं. ५ बबरपुरस्थित कालापानी सामुदायिक वन क्षेत्रको खाली जग्गा अतिक्रमण गरेर खेती पाती गर्ने तथा घर टहरा निर्माण गर्नेहरुलार्य मुद्दा चलाइएको छ ।

लकडाउनको मौका छोपी ती २२ जनाले वन क्षेत्र अतिक्रमण गरि अन्य मानिसलाई बेचबिखन समेत गरेको पाइएको छ । आरोपित बिरुद्ध मुद्दा चलाएर कानुनी कारवाहीको प्रक्रिया सुरु गरिएको पुरन्धारा सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सिद्धान्त बरालले बताए ।

अधिकृत बरालले वन अतिक्रमण मुद्दा चलाइएका मध्ये २ जनालाई पक्राउ गरिएको बताए । तर, उनीहरुको नाम पनि सर्वाजनिक गरिएको छैन । अन्य २० जना भने फरार रहेको र उनीहरको खाजी भइरहेको बरालले जानकारी दिए । उनीहरु बिरुद्ध दाङ–देउखुरी जिल्ला अदालतमा वन अतिक्रमण गरेको मुद्दा दर्ता गरी अदालतबाट पक्राउ गर्ने अनुमति अनुसार खोजी कार्य भइरहेको सहायक वन अधिकृत बरालले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस