रोल्पा र प्यूठानका स्थानीयबासी जोखिम मोलेर आवतजावत गर्न बाध्य

रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका १ घोडागाउँ र प्यूठानको स्वर्गद्वारी नगरपालिका जोड्ने घोडाखोलामा समयमै पक्की पुल बन्न नसक्दा स्थानीयहरु जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् । रोल्पा र प्युठानको सीमानामा पर्ने घोडेखोलामा निमार्ण पक्की पुल समयमै निमार्ण हुन नसक्दा गत असार महिनादेखि खोलामा पानी बढेपछि स्थानीयहरु सानो काठको फल्याकबाट जोखिम मोलेर खोला तर्न बाध्यभएका छन् ।

दक्षिणपूर्वी रोल्पाको रोल्पा नगरपालिका, रुन्टीगढी गाउँपालिका हुँदै दाङको घोराहीसम्म जाने छोटो सडकमा पर्ने घोडेखोलामा वर्षा सुरुवातदेखि खोलामा पानी बढेसँगै यातायातका साधन आवतजावत गर्न समस्या भएको छ भने पदैल यात्राबाट खाद्यान्न लगायत अन्य सामान किन मेलका लागि दैनिक प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका किमिचौर भिंग्री बजारमा जान समेत समस्याभएको स्थानीयको भनाइ छ ।

तत्कालीन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गत पुस महिनामा पुल शिलन्यास गर्दा पुल निमार्णको जिम्मा लिएका जलजला आशु कन्ट्रसनका सञ्चालक बालाजु श्रेष्ठले समया अवधिभन्दा अगाडि सम्पन्न गरि बोनस् लिने प्रतिवद्धता गरे पनि सम्झौता अनुसार काम सम्पन्न गर्ने समय २ महिनामात्र बाँकी हुदाँसम्म पुलको निमार्ण कार्य अझै तीस प्रतिशतभन्दा बढी काम बाँकी रहेको छ । २ करोड ५९ लाख २२ हजार लागतमा जलजला आशु कन्ट्रसनका सञ्चालक बालाजु श्रेष्ठले निमार्णको जिम्मा लिइ पेटी ठेगदार सुन्दर घिमिरे र संन्जय चौधरीलाई जिम्मा दिएका थिए ।

पेटी ठेगदारले कामदारहरुलाई समयमा पैसा नदिएपछि पुलको निमार्ण कार्य हाल अलपत्र अवस्थामा रहेको छ । विगतका वर्षमा वर्षाको समयमा खोला तर्दा खोलाले बगाएर धेरै मानिसले ज्यान गुमाएका छन् । यो वर्षा त पक्की पुलबन्ने भयो अब खोला तर्न समस्या हुँदैन की भन्ने आशामा रहेका थियौ अझै धेरै काम बाँकी रहेकोले अर्काे वर्षासम्म पनि पुल नबन्ने हो भन्ने चिन्ता लागेको स्थानीय भुपेन्द्र कवरले बताए । पेटी ठेगदारले कामदारलाई समयमै पैसा नदिएपछि रित्तो हात रुदै घर जाने गरेका छन् भने स्थानीय पसल र होटलमा उधारो लिएको र खाएको समेत ठेगदारले नदिँदा स्थानीयव्यापारीलाई समस्या भएको उनको भनाइ छ ।

दैनिक सयौ जना घोडेखोला तरेर नजिकको किमीचौर भिंग्री बजार जने गर्दछन् । घोडेखोलामा पक्की पुल निमार्ण नहुँदासम्मको लागि अर्काे विकल्पको व्यवस्था नहुँदा स्थानीयबासी जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् । यस प्रति स्थानीय सरकार र अन्य सरोकारवालाहरुको समयमै ध्याननपुग्दा सर्वसाधारणको अनाहकमज्यान सक्ने खतरा रहेको छ ।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस