चट्याङ लागेर ११ वर्षीय बालकको मृत्यु, ६ जना घाइते

गुल्मी । गुल्मीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईस्मा गाउँपालिका वडा नं. ४ का ११ वर्षीय राहुल गन्धर्व रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मी अनुसार ११ वर्षीय राहुललको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा निधन भएको हो ।

यस्तै, चट्याङ लागेर अन्य ६ जना घाइते भएका छन् । घाईतेहुनेमा राहुका वुवा ४२ वर्षीय रामबहादुर गन्दर्भ, १७ वर्षीया राधा खत्री, २३ वर्षीय गोमा खत्री र ३१ वर्षीया शर्मिला खत्री, २४ वर्षीया रुपा नेपाली र ९ वर्षीय किस्मत नेपाली रहेका छन् । उनीहरुको गुल्मी अस्पताल तम्घासमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस