पर्यटकीय चर्चा बटुल्दै गरेको हात्तिढुंगा अबिरल बर्षका कारण ढल्यो

दाङ । दाङको प्रमुख पर्यटकिय संभावना बोकेको हात्ति ढुंगा ढलेको छ । गएरातीदेखि परेको अविरल वर्षाका कारण तुलसीपुर(१४ ढ्वाङपुरमा रहेको हात्ति ढुंगा ढलेको हो ।

लामो समयदेखि ऐतिहाँसिक पहिचान बोकेको हात्तिढुंगा ढलेपछि स्थानीयले दुख व्यक्त गरेका छन् । संरक्षण गर्ने योजना भएपनि बजेट अभावमा गर्न नसकिरहेको अवस्थामा बिहान परेको पानीले पहिचान नै मेटिनेगरी ढलेको वडा अध्यक्ष पर्शुराम चौधरीले बताए ।

अलौकिक शक्तिको रुपमा माटोको ढिस्कोमा ठूलो ढुंगा रहेको हुँदा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको थियो । तर पहिचान नै मेटिनेगरी लामो समयदेखि रहेको माटोको ढिस्को ढलेपछि आफुहरु दुखित भएको अध्यक्ष चौधरीले बताए ।

प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस