दाङमा लागुऔषध ब्राउन सगुरसहित ३ जना पक्राउ

दाङ । दाङमा लागुऔषध ब्राउनसुगरसहित तीन जना एकैदिन पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना महिला र दुई जना पुरुषहरु रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले बुधबार फरक÷फरक ठाउँबाट उनीहरुलाई पक्राउ परेको छ । प्रहरीले तुलसीपुर उपमहानगरपालिका १३ डम्वरगाँउमा खटिएको इलाका प्रहरी कायालय तुलसीप्ुरको चेिकङमा टोलीले चेकजाँचका क्रममा तुलसीपुर १ पैयाखोरे निवासी १८ बर्षीय प्रेमप्रकाश विक र तुलसीपुर ५ निवासी १४ बर्षीय किरण विकलाई पक्राउ गरेको हो ।
प्रहरीले प्रेमप्रकाश विकले चलाएको रा ५ प ८५१५ नम्वरको नेपालगंजबाट तुलसीपुरतर्फ आउँदै गरेको मोटरसाइकल रोकी चेकजाच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको थियो । चेकजाँचका क्रममा किरण बिकले लगाएको मास्कभित्र लुकाईपिपाई राखेको अवस्थामा ३ परिया दुई ग्राम लागुऔषध ब्राउन सुगरसहित उनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । त्यसैगरी प्रहरीले बुधबार नै तुलसीपुर उपमहानगरपालिका १३ दमारगाँउबाटै सात ग्राम लागुऔषध ब्राउनसुगरसहित एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीले नियमित चेकजाचका क्रममा नेपालगंजबाट तुलसीपरतर्फ आउँदै गरेको ना ४ ख ७२९४ नं. को बसमा तुलसीपुरतर्फ आउँदै गरेकी तुलसीपर उपमहानगरपालिका ६ भिआईपी टोल निवासी ४५ बर्षीय चामुकुमारी विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक रिजालले जानकारी दिएका छन् । आफुले बोकेको लेडिज ब्यागभित्र लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनलाई थुनामा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।