दाङ उवासंघले सदस्यता नविकरणमा छुट दिने

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आफ्ना सदस्यलाई सदस्यता नविकरण गर्दा छुट दिने भएको छ । कोभिडको कारण व्यवसायमा परेको प्रभावमा सहयोग पुगोस भनेर नविकरणमा छुट दिएको संघका अध्यक्ष टंकसिह वुढाथोकीले जानकारी दिए ।

संघले साउन १ गतेदेखि असोज समान्तसम्म नविकरण गर्ने लाई २० प्रतिशत छुट दिएको उनको भनाइ रहेको छ । यसले व्यवसायीहरुलाई थोरै भए पनि सहयोग पुग्ने उनले बताए । यसैविच संघले कार्यालयबाट अन्तारिक राजश्वको आयकर र अन्त शुल्क इजाजत पत्रको नविकरण र कर चुक्ता प्रमाण पत्र समेतको सेवा संघको कार्यालय बाटै सुरु गरेको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए । संघवाट सेवा प्राप्त भएपछि व्यवसायीहरुलाई तुलसीपुरसम्म पुग्नु पर्ने वाध्यता हट्ने छ ।

जसले गर्दा आर्थिक तथा समयको समेत बचत हुने उनको भनाइ रहेको छ । सरकारले करमा साना व्यवसायी लाई ९०५ छुट, मझौला व्यवसायीलाई ७५५ छुट र ठूला व्यवसायीलाई ५०५ छुट दिएको छ । संघले उद्योगी ब्यबसायिहरुलाइ संघबाटै सेवा लिन सकिने भएकाले त्यसको फाइदा लिन समेत आग्रह गरेको छ ।

लकडाउन खुकुलो भए पनि कोभिडको संक्रमको जोखिम कायम नै रहेकाले आफ्नो व्यापार ब्यबसाय गर्दा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेका सबै स्वास्थ्य मापदण्ड पूरा गरी व्यापार ब्यबसाय सञ्चालन गर्न गराउन समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७८ साउन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस