पछिल्लो २४ घण्टामा थप २६७६ काेराेना पुष्टि, ३३ जनाको मृत्यु

दाङ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ५६ पिसिआर परीक्षण गर्दा १ हजार ७ सय ८२ र ४ हजार ५ सय १२ एन्टिजेन परीक्षणमा ८ सय ९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा १ हजार ७ सय ५७ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट थप ३३ जनाको ज्यान गएको छ । हालसम्म कुल ९ हजार ४ सय ६३ जनाको ज्यान गइसकेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्द धेरै काठमाडौंमा ३३९, चितवन र कास्कीमा १५५/१५५ जना, ललितपुरमा १३४, मोरङमा १०५ जना, सुनसरीमा ८७ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै भक्तपुरमा ८०, नवलपरासी पूर्वमा ५८, झापामा ५७, सिन्धुपाल्चोकमा ४८, काभ्रेपलाञ्चोक र गोरखामा ४१/४१ जना, स्याङजामा ३८, नुवाकोटमा ३७, दोलखामा ३६ जना, मकवानपुर र रुपन्देहीमा ३५/३५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै बागलुङ र बर्दियामा २२/२२ जना, कैलालीमा १९, बाँकेमा १७, धादिङमा १५, धनकुटा र दाङमा १४/१४ जना, खोटाङ र तनहुँमा ११/११ जना र दैलेख र सुर्खेतमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० वर्ष मुनिका ५६ बालबालिकामा कोरोना संक्रमण देखिएको छ । ११ देखि २० वर्ष उमेर समूहका १५२ जनामा कोरोना संक्रम पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस