दाङमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु
दाङ । कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा बुधबार थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका ३ का ५८ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
उनको साँझ करिब साढे ६ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर वलीले जानकारी दिए । उनी यही असार २९ गते आइसीयुमा भर्ना भएका थिए । उनलाई निमोनियासँगै श्वास प्रश्वासको समस्या र कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
हाल अस्पतालमा ८ जना कोरोना सङ्क्रमितहरू रहेको र उनीहरु आइसीयुमा उपचाररत रहेको समेत अस्पतालले जनाएको छ ।
प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस