मृतक तीन महिने शिशुका घरपरिवारलाई राहात सहयोग

दाङ । घोराहीमा घर भत्किदा ज्यान गुमाएकी तिन महिने शिशुका घरपरिवारलाई राहात सहयोग गरिएको छ ।

जिल्ला बिपद ब्यवस्थापन समिति र घोराही उपमहानगरको तर्फबाट २ लाख २५ हजार राहत सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए ।

राहात रकम नगरप्रमुख नरुलाल चौधरीले मृतक चौधरीका वुवा आशाराम चौधरीलाई हस्तान्तरण गरेका हुन् । अविरल बर्षातका कारण घोराही १७ क्वाडी बस्ने आशाराम चौधरीको गएको बिहीवार विहान ४ घरगोठ भत्किदा उनकी तीन महिने छोरी विन्दु चौधरीको मृत्यु भएको थियो ।

सोहि घटनामा परि उनकी श्रीमती ३० बर्षिया मनिषा चौधरी र ९ बर्षिया छोरी बाटुली चौधरी घाईते भएका थिए ।

प्रकाशित मिति : २०७८ असार २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस