दाङमा घर भत्किँदा तीन महिने शिशुको मृत्यु, आमा र छोरी घाइते

दाङ । दाङमा बुधबार राति घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका १७ क्वाडी निवासी आशाराम चौधरीको टिनले छाएको २ कोठे घरको भित्ता भत्किँदा उनकी ३ महिनाकी छोरी बिन्दु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटनामा परि आशारामकी श्रीमती ३० वर्षीय मनिशा चौधरी र ९ वर्षिया छोरी बाटुली घाइते भएका छन् । घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस