कोरोना निको हुनेभन्दा सङ्क्रमण पुष्टि हुनेको संख्या धेरै

दाङ । पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ९ सय ७९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८ सय ३५ जनाको पीसीआर परीक्षणबाट २ हजार ७७ र ४ हजार ६३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय ०२ जना गरी जम्मा २ हजार ९ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि मंगलबार १ हजार ७१८ जनामा मात्र कोरोना देखिएको थियो ।

आज १ हजार ३ सय ३३ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म ६ लाख १४ हजार ३ सय २७ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार २९१ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस