दाङमा जारी निषेधाज्ञा असार ३१ गतेसम्म लम्बियो

दाङ । दाङमा जारी निषेधाज्ञा असार ३१ गते सम्मलाई लम्बाइएको छ । कोरोना संक्रमण कायमै भएकोले जारी लकडाउनलाई असार ३१ गतेसम्म लम्बाईएको जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन समितिका संयोजक तथा दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

असार मसान्त चलिरहेको हुनाले स्थानीय तहका प्रमुखहरुको व्यस्थताका कारण आज जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक बस्न नसकेपनि सबैसँग टेलिफोन मार्फत् अनुमती लिई लकडाउन थपिएको उनको भनाइ छ । यसअघि असार १५ गते बसेको केन्द्रको बैठकले गरेका निणर्यमा कुनै फेरबदल नगरिएको र लकडाउनलाई थप ९ दिन थपिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए । सार्वजनिक र निजी सवारीका साधनलाई सिट क्षमता अनुसार मात्रै यात्रु राखेर जिल्ला भित्र सञ्चालन गर्न उनले आग्रह गरेका छन् ।

त्यस्तै, बजार तथा व्यवसाय बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने र सरकारी कार्यालय एवं बैंक तथा वित्तिय संस्थाहरु विहान १० देखि बेलुका ५ बजेसम्म खुल्ला गर्ने पुरानै निणर्यलाई यथावत राखिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए ।

प्रकाशित मिति : २०७८ असार २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस