अपडेट : सल्यानको शारदा नदीमा फसेका १२ जना किसानको सकुशल उद्धार

दाङ । सल्यानको शारदा नगरपालिका वडा नं. ६ मा शारदा नदीको बीचमा फसेका १२ जना किसानको बिहीबार सकुशल उद्धार गरिएको छ । बिहीबार पौने ७ बजेसम्म ३ महिला र ९ पुरुष गरि १२ जनाकै सुरक्षाकर्मीले सकुशल उद्धार गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिइन् ।

तीन घर परिवारका ती १२ जना किसान बिहीबार बिहान १० बजेतिर नदीको अवस्था सामान्ने हुँदा बीचको खेतमा धान रोप्न भनि गएका थिए । तर, दिउँसो १२ बजेपछि नदीमा ठूलो बाढी आएपछि उनीहरु बीच भागमा फसेका थिए । त्यसपछि उनीहरुको उद्धार गर्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित कबिर ५० जना जति सुरक्षाकर्मी घटनास्थलमा खटिएको प्रमुख जिल्ला अधिकारी होमागाईले जानकारी दिइन् ।

नदीको बीच भागमा फसेकाहरुको उद्धारका लागि हेलिकोप्टर मागिएपनि खराब मौसमका कारण आउन नसकेपछि डोरीमा स्टे«चर बाँधेर किसानको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी होमागाईले जानकारी दिइन् ।

एकापट्टी डाँडोको रुखमा र अर्को तर्फ बीचको पोलमा डोरी बाँधेर किसानको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी होमागाईले जानकारी दिइन् । झन्डै ६ घन्टाको मेहनतपछि उनीहरुको उद्धार गरिएको थियो । तर, गोरुलाई स्टे«चरमा राखेर उद्धार गर्न नसकेपछि दूई हल गोरुलाई खेतको बीचमा बाँधेर राखेको प्रमुख जिल्ला अधिकारी होमागाईले जानकारी दिइन् ।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस