असुरक्षीत र डुबान क्षेत्रका नागरिकलाई सचेत रहन लुम्बिनीका मुख्यमन्त्रीको आह्वान


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविरल वर्षा जारी रहेकाले आवश्यक सतर्कता अपनाउन आह्वान गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले असुरक्षीत र डुवान क्षेत्रका बासिन्दालाई सचेत रहने आग्रह गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘अविरल वर्षा जारी छ । पहिरो, डुवान र वाढीको समस्या वढदो छ । वर्षा नरोकिएसम्म जोखिमपूर्ण क्षेत्रको यात्रामा नजान र नदी–खोलमा नपस्न अनुरोध छ । असुरक्षित र डुवान क्षेत्रका वासिन्दा सचेत रहन तथा सुरक्षा निकायको निर्देशन समयमै पालना गर्न अनुरोध छ ।’ उनले अगाडि लेखेका छने, ‘पहिरो र नदीको तटबन्ध कटान र डुवानको समस्या देखिएमा जिल्ला प्रशासनमा तत्काल सुचना दिनहुन समेत अनुरोध छ ।’

मुख्यमन्त्री पोखरेलले वर्षासँगै बाढी पहिरो र डुवानबाट बच्न उद्धार तथा राहत वितरणका लागि प्रदेश सरकारले संयोजन र सहजिकरण गरिरहेको बताएका छन् । ‘सबै जिल्लाका सुरक्षा निकाय र प्रशासन संयन्त्र उद्धारका लागि तयारी अवस्थामा छन् । प्रदेश सरकारले उद्धार र राहत कार्यको आवश्यक संयोजन र सहजिकरण गर्नेछ ।’ मुख्यमन्त्री पोखरेलले लेखेका छन् ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया दिनुहोस