गाउँपालिकालाई कोभिड १९ एन्टिजेन टेष्ट कीट प्रदान

डोटी । तरुण दल बडिकेदार गाउँपालिकाका सभापति केशबबहादुर बमले बडिकेदार गाउँपालिकालाई २५ वटा कोभिड नाइन्टिन एन्टिजेन कीट सहयोग गरेका छन् ।
गाउँपालिकामा भारतदेखि आउनेको संख्यामा बढ्दै गएपछि कोरोना सक्रमण को पनि जोखिम बढ्ने सम्भावना भएको भन्दै कोरोना चेक गर्न सहयोग पुगोस् भनेर गाउँपालिकालाइ कीट सहयोग गरेको अध्यक्ष बमले बताए ।
अहिलेको महामारीमा सबैले सहयोग गर्नुपर्ने र मानबिय दायित्व पूरागर्नु पर्ने उनले बताए । आफू जहिले पनि गाउँपालिकालाइ सहयोग गर्न तयार रहेको र फेरि पनि सहयोग गर्ने अध्यक्ष बमले बताए ।
उनले कीट सहयोग गरेर कोरोना महामारी धेरै सहयोग पुगेको र आगामी दिनमा पनि सहयोगको अपिक्षा राखेको बडिकेदार गाउँपालिका स्वास्थ साखा सह – संयोजक खडकबहादुर धामीले बताए ।
प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस